मोरङ – छठ पर्वको मुख्यदिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ। विराटनगरमा सिंघिया खोला, केशलिया खोला, सुनसरी मोरङ सिँचाइ योजनाको नहर, पोखरी तथा तलाउमा व्रतालु भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन्।

छठ पर्वका क्रममा नहर क्षेत्रमा पुगेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले छठ पर्वले नेपाली समाजमा आपसी सद्भाव, सामाजिक सहकार्यलाई थप बलियो बनाउने बताए।

विराटनगर खारजीका पुरुषोत्तम कट्टेलले दशैँ तिहारपछि छठ पर्वले विराटनगरलाई विशेष बनाएको बताए। नहरमा छठको उमंग हेर्न पुगेको कट्टेलले व्रतालुको निष्ठापूर्वक कठोर व्रतले सबैमा कल्याण हुने विश्वास रहेको बताए।
मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुनेछ।


भर्खरै
लोकप्रिय






































































































































































































