जनकपुरधाम- छठ पर्वको अन्तिम दिन जनकपुरधामको छठ घाटमा उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न भएको छ ।
मिथिलाञ्चलको सबैभन्दा ठूलो पर्वको रुपमा रहेको छठ पर्वको अन्तिम दिन मंगलबार बिहान ब्रतालुहरूले पानीमा उभेर उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएका हुन् ।
शनिबारदेखि विधिवत रूपमा सुरु भएको छठको पहिलो दिन ‘नहाय खाए’ गरिएको थियो । छठको दोस्रो दिन आइतबार दिनभर उपवास बसी राति खीर बनाइ देउतालाई चढाएर ब्रतालुहरू खरना गरेका थिए ।
त्यस्तै, छठको मूल दिन सोमबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको थियो भने आज उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिइ छठ पर्वको विधिवत् रूपमा समापन गरिएको छ ।
संघ सरकारले छठ पर्वको अवसरमा सोमबार मात्र बिदा दिएकोमा मधेस प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।


भर्खरै
लोकप्रिय






































































































































































































