- कराते स्टार एरिका गुरूङले युनिभर्सालिटी कोटामार्फत विश्व कराते च्याम्पियनसिपमा खेल्न योग्य भएको छिन्।
- गत महिना पेरिसमा भएको छनोट प्रतियोगितामा समूह चरणका सबै खेल जित्दै एरिका क्वार्टरफाइनलसम्म पुगेकी थिइन्।
- विश्व कराते च्याम्पियनसिप इजिप्टको कायरोमा नोभेम्बर २७ देखि ३० सम्म आयोजना हुनेछ।
काठमाडौँ- कराते स्टार एरिका गुरूङले विश्व कराते च्याम्पियनसिप खेल्ने भएकी छिन्।
विश्व कराते महासंघ (डब्यूकेएफ)का अनुसार उनले युनिभर्सालिटी कोटामार्फत भाग लिन पाउने भएकी हुन्। अब नेपाल कराते महासंघले उनले भाग लिने पत्र पठाएसँगै उनी विश्व च्याम्पियनसिप खेल्न पाउने छिन्।
गत महिना फ्रान्सको राजधानी पेरिसमा भएको छनोट प्रतियोगितामा उनी समूह चरणका सबै खेल जित्दै क्वार्टरफाइनलसम्म पुगेकी थिइन्।
जसका कारण पनि उनले युनिभर्सालिटी कोटामार्फत स्थान सुरक्षित गर्न सफल भइन्। विश्व च्याम्पियनसिप प्रतियोगिता इजिप्टको कायरोमा नोभेम्बर २७ देखि ३० सम्म हुने छ।
एरिकाले महिला ६८ केजी तौलसमूहमाथि व्यक्तिगत विधामा प्रतिस्पर्धा गर्ने छिन्। गुरुङ नेपालको तर्फबाट सफल कराते स्टार हुन्। यो प्रतियोगिता विश्व करातेको सबैभन्दा प्रतिष्ठित प्रतिस्पर्धा हो।
जसमा विश्वभरका उत्कृष्ट करातेका खेलाडी सहभागी हुने यो प्रतियोगिता हरेक कराते खेलाडीको सपनाका रुपमा रहने गरेको छ। प्रत्येक तौल समूहमा ३२ खेलाडी सहभागी हुने यो प्रतियोगितामा दुई खेलाडी युनिभर्सालिटी कोटाबाट चयन गरिने नियम अनुसार एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने मौका पाएकी हुन्।
विश्व च्याम्पियनसिप नोभेम्बर २७ देखि ३० तारिखसम्म हुने छ। यसअघि करातेकी अर्की खेलाडी सानुमाया थिङ च्याम्पियनसिपमा एकल काताका लागि छनोट भएकी थिइन्।
विश्व वरीयताको आधारमा उनी छनोट भएकी हुन्। गत मेमा उज्वेकिस्तानमा भएको एसियन च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा सानुमायाले यो सफलता पाएकी हुन्।
छनोट भएर नेपाली खेलाडीले पहिलो पटक विश्व च्याम्पियनसिप खेल्ने पाउन लागेकी हुन्।

भर्खरै
लोकप्रिय






































































































































































































