राज्यले दुःख दिन र पेल्न खोजेको अधिवक्ता स्वागत नेपालको आरोप

राज्यले दुःख दिन र पेल्न खोजेको अधिवक्ता स्वागत नेपालको आरोप
+
-
देशसञ्चार AI सारांश
  • अधिवक्ता स्वागत नेपालले अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष भएको भन्दै सोधपुछका लागि साइबर ब्युरो जाने बताएका छन्।

  • उनले अन्तरवार्तामा भ्रष्टाचारविरुद्धको कठोर अभिव्यक्ति दिएका र अनुसन्धानमा प्रहरीले कानुनी दुरुपयोग गरेको चेतावनीसमेत दिएका छन्।

  • नेपालले विभिन्न व्यक्तिहरूलाई अभिव्यक्ति स्वतन्त्रताका लागि जागरूक हुन आह्वान गर्दै विकृति अन्त्यको लागि विद्रोह आवश्यक बताए।

काठमाडौँ- अधिवक्ता स्वागत नेपालले आफूले दिएको पछिल्लो अन्तरवार्ताका सम्बन्धमा सोधपुछका लागि आज (मंगलबार) दिउँसो २ बजे अदालतको ब्रेक समयमा केन्द्रीय साइबर ब्युरो भोटाहिटी जाने जानकारी गराएका छन्।

नेपालले आफ्नो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूले दिएको अभिव्यक्ति ‘अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको सुन्दरतम पक्ष’ को उपभोग भएको दाबी गरेका छन्।

अधिवक्ता नेपालले आफ्नो अन्तरवार्तामा प्रधानमन्त्री सुशीला कार्कीबाट ‘जेन जी साथीहरूलाई धोका भएको’, ‘भ्रष्टाचार गर्नेलाई मृत्युदण्ड दिनुपर्छ’ भन्ने लगायतका विषयमा टिप्पणी गरेका थिए।

नेपालले आफूले बोलेका कुरा सत्य, तथ्यमा आधारित र ‘कठोर तथा निर्मम’ रहेको बताउँदै, ‘यो बेथितिको रोग निको हुन दुखाइ सहितको सुई’ आवश्यक रहेको उल्लेख गरेका छन्।

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारकर्मी, वरिष्ठ अधिवक्ता, कानुनका अनुसन्धाता, प्राध्यापक, विद्यार्थी, युवा जेन जी लगायत सबै जनसमुदायलाई अभिव्यक्ति स्वतन्त्रताका सम्बन्धमा ‘आफ्नो लागि होइन, विधिका लागि’ चनाखो भइदिन आह्वान गरेका छन्।

अधिवक्ता नेपालले आफूलाई मुद्दा चलाइए पनि फरक नपर्ने बताएका छन्। उनको भनाइ छ, “जति यस्ता मुद्दा चलाउँदै जान्छ त्यति नै छिटो सरकारको मात्र होइन यो व्यवस्थाकै अन्त्य हुनेछ।”

उनले प्रहरीले राजनीतिक र वैचारिक विषयमा आफैँ अनुसन्धान गर्न नमिल्ने तर्क गर्दै, अनुसन्धान अधिकृत, सरकारी वकील र न्यायाधीशले ‘सरकारको ताबेदारी’ गरी कानुनको दुरुपयोग गरेको कारणले नै यसपूर्व पनि विद्रोह जन्मिएको चेतावनी दिएका छन्।

यसअघि साइबर ब्युरोमा भएको प्रक्रियाबारे स्पष्ट पार्दै नेपालले आफूलाई ६ घण्टा बयान नलिइएको दाबी गरेका छन्। उनका अनुसार मिडियामा आएका कुराहरू आफ्नो हो कि होइन भनी टिपिएका कुरा पढेर प्रमाणित गरिदिने वा सनाखत गरिदिने मात्र भएको थियो।

लामो समय कानुन, संवैधानिक अधिकार र साइबर कानुनको व्यवस्थाबारे आफूले सोधेका प्रश्नहरूको जवाफ दिन प्रहरीलाई लागेको उनको भनाइ छ। उनले प्रहरीबाट भने पूर्ण सम्मानजनक व्यवहार भएकोसमेत उल्लेख गरेका छन्।

 

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’