काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।
माओवादी केन्द्रबाट विभाजित भएपछि आयोगमा दर्ता विनै राजनीतिक गतिविधि गर्दै आयोगले नेकपाले आउँदो फागुन २१ गतेका लागि तोकिएको चुनावलाई लक्षित गर्दै आयोगमा दर्ता हुने भएको हो।
दल दर्ताका लागि नेकपाका नेताहरु खड्गबहादुर विश्वकर्मा, सन्तोष बुढामगर, कर्णजित बुढासहितका नेताहरु निर्वाचन आयोग पुगेका छन्।
चुनावका लागि कात्तिक ३० गतेभित्र दल दर्ता भइसक्नुपर्ने कार्यतालिका छ। त्यहीँअनुसार नेकपाले दर्ता प्रक्रिया अघि बढाएको हो।

भर्खरै
लोकप्रिय






































































































































































































