चितवनबाट लमजुङतर्फ जाँदै गरेको माइक्रो दुर्घटना हुँदा १४ जना घाइते

चितवनबाट लमजुङतर्फ जाँदै गरेको माइक्रो दुर्घटना हुँदा १४ जना घाइते
+
-
देशसञ्चार AI सारांश
  • तनहुँको आँबुखैरेनी गाउँपालिकामा माइक्रो दुर्घटनामा परी १४ जना घाइते भएका छन् जसमा विभिन्न उमेर समूहका व्यक्ति छन्।
  • विद्युतीय माइक्रोले सडकछेउको भित्तामा ठोक्किँदा सडकमा रोकिएको नेपाल विद्युत् प्राधिकरणको गाडीसँग पनि ठोक्किएको थियो।
  • दुर्घटनामा परेका घाइतेहरुलाई तुरुन्तै आँबुखैरेनी अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी नायब उपरीक्षकले जानकारी दिए।

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

चितवनबाट लमजुङतर्फ जाँदै गरेको बाप्र ०३–००१ ज ०९३७ नम्बरको विद्युतीय माइक्रो चालकले नियन्त्रण गुमाई सडकछेउको भित्तामा ठोक्किँदा माइक्रोमा सवार १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । त्यसक्रममा उक्त माइक्रो सडक छेउमा रोकिराखेको नेपाल विद्युत् प्राधिकरणको बा१ञ १२८७ नम्बरको गाडीसँग समेत ठोक्किएको थियो ।

घाइते हुनेहरुमा माइक्रो चालक लमजुङको बेँसीसहर नगरपालिका–८ बस्ने ४२ वर्षीय ईश्वरकुमार श्रेष्ठ, चितवनको भरतपुर महानगरपालिका–१६ बस्ने ४५ वर्षीया शान्तामाया तामाङ, ४८ वर्षीया कमई तामाङ, ५५ वर्षीया बुधमाया तामाङ, ४२ वर्षीय गङ्गाबहादुर तामाङ, ४२ वर्षीया होमकुमारी तामाङ, १५ वर्षीया रश्मी तामाङ र ३७ वर्षीय डोलराज तामाङ छन् ।

यस्तै लमजुङको दोर्दी गाउँपालिका–४ बस्ने २० वर्षीया गङ्गा तामाङ, ६३ वर्षीया मैतीमाया तामाङ, नवलपुरको देवचुली नगरपालिका–१७ बस्ने ४७ वर्षीया इन्द्रकुमारी तामाङ, भरतपुर महानगरपालिका–१६ वर्षीया गममाया तामाङ, ३० वर्षीय मङ्गली तामाङ र पाँच वर्षीया सिर्जना तामाङ घाइते भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । दुर्घटनाका घाइतेलाई आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’