काठमाडौँ – जेन–जी युनाइटेड परिवर्तनले मंगलबार काठमाडौँमा प्रदर्शन गरेको छ।
सिंहदरबार नजिकै रहेको सडक विभागअगाडि जेन–जी युनाइटेड परिवर्तन समूहले प्लेकार्डसहित प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागी भएकाहरूले ‘देश दुख्दा मौन नबसौँ, एक होऔँ’, ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘सहिदको रगत खेर नजाओस्’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

जेन–जी युनाइटेडको एउटा समूह सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग वार्तामा छ।


भर्खरै
लोकप्रिय






































































































































































































