कर्णाली याक्स र एसियन पेन्ट्सबीच सम्झौता

कर्णाली याक्स र एसियन पेन्ट्सबीच सम्झौता
+
-

काठमाडौँ – कर्णाली याक्स स्पोट्स प्रा.लिले एसियन पेन्ट्सलाई सह–प्रायोजकको रुपमा भित्राएको छ।

मंगलबार काठमाडौँको याक एण्ड यती होटलमा कर्णाली याक्समा निर्देशक गृहेन्द्र घिमिरे र एसियन पेन्ट्स मार्केटिङ सहायक प्रवन्धक आस्था सत्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

यो सम्झौता दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि हो। सम्झौता कार्यक्रममा एसियन पेन्ट्सको तर्फबाट मार्केटिङ सहायक प्रवन्धक अङ्किता श्रेष्ठको पनि उपस्थिति रहेको थियो।

निर्देशक घिमिरेले पेन्ट्ससँग जोडिँदा खुसी लागेको बताउँदै दोस्रो संस्करणका लागि तयार रहेको बताए। ‘एसियन पेन्ट्सलाई जोड्न पाउँद खुसी छौँ। दोस्रो सिजनको लागि हामी तयार छौँ।’

एसियन पेन्ट्स नेपाल नेपालका अन्तर्राष्ट्रिय पेन्टहरु उत्पादन गर्ने एक प्रमुख उत्पादक हो। एसियन पेन्ट्सका उत्पादनहरु नेपालमा सबैभन्दा बढी रुचाइएको छ। एसियन पेन्ट्सले आफ्नो बजार एसियासँगै अफ्रिका, मिडल इष्ट, साउथ प्यासिफिक र साउथ प्यासिफिकमा पनि विस्तार गरेको छ।

यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा काठमाडौँको होटल याक एण्ड यती, नेबिको र प्लम्बर पाइप्ससँग सम्झौता गरेको छ।

कर्णाली याक्सले ट्रफी टुर कर्णाली प्रदेशका विभिन्न शहर, धार्मिकस्थल र पर्यटकीय क्षेत्रमा २ नोभेम्बर र ट्यालेन्ट हन्ट ५ नोभेम्बरमा आयोजना गर्दै छ।

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो।

दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ। टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन्।

कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ। अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो।

यस्तै, कर्णालीले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ। कर्णालीले अस्ट्रेलियाका विलियम बासिष्टोसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउडलाई अनुबन्ध गरेको हो। वाट र डाउडले पहिलो पटक एनपिएल खेल्दै छन्।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’