नेपालगन्ज – भेरी अस्पताल, नेपालगन्जमा चार वटा डायलासिस मेसिन थपिएकाे छ।
याेसँगै भेरी अस्पतालमा डायलासिस मेसिनको संख्या १२ पुगेकाे छ। तीमध्येमा २ वटा मेसिन सेराेपाेजिटिभ अर्थात हेपाटाइटिस र एचआइभी संक्रमितका लागि छुट्याइएकाे छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार ४ वटा मेसिन थपिएसँगै भेरीमा दैनिक ३० जनाकाे डायलासिस भइरहेकाे छ। यहाँ दिनमा ३ सिफ्टमा डायलासिस हुन्छ।
स्वास्थ्य मन्त्रालयले ३ वटा र अस्पतालले आफ्नै स्राेतबाट एउटा मेसिन बनाएपछि ४ वटा थप भएकाे हाे। मेसु डा. सुवेदीले अब एउटा मेसिन थपेर इमरजेन्सी र आइसियुका लागि राख्ने याेजना रहेकाे बताए।
मिर्गाैला पीडितले भेरीमा लाइन लाग्नुपर्ने अवस्था छ। बाहिर निजी अस्पतालमा एक पटक डायलाइसिस गरेकाे ५ रुपैयाँ हजारसम्म तिर्नुपर्छ। भेरीमा निःशुल्क डायलासिस हुने भएकाले चाप बढी रहेकाे छ।
अस्पतालले मेसिन थपिएसँगै डायलासिस कक्षकाे पुराना बेडकाे मर्मत र सुधार गरेकाे छ।

भर्खरै
लोकप्रिय






































































































































































































