कास्कीमा प्रहरी कार्यालय तोडफोड गर्ने र हतियार लुट्ने १० जनाविरुद्ध मुद्दा

कास्कीमा प्रहरी कार्यालय तोडफोड गर्ने र हतियार लुट्ने १० जनाविरुद्ध मुद्दा
+
-

पोखरा – जेन–जी आन्दोलनको क्रममा प्रहरी कार्यालय तोडफोडसँगै आगजनी र हतियार लुटपाटमा संलग्न १८ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ। उनीहरु जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय र प्रहरी चौकी तोडफोड र हतियार लुटपाटमा संलग्न हुन्।

तोडफोड, आगजनी र लुटपाटमा संलग्न १० जनालाई मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नविन कार्कीले बताए। मुद्दाका लागि प्रहरी चौकी नयाँपुल तोडफोडसँगै आगजनीमा संलग्न ५ जना, जिल्ला प्रहरी कार्यालय कास्कीको तोडफोड, हतियार लुटपाट र पोशाकको दुरुपयोग गर्ने ४ जना र वडा प्रहरी कार्यालय बगरको तोडफोड गर्ने एक जना रहेका छन्।

धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका–४ घर भई पोखरा महानगरपालिका–४ मानवअधिकारचोक बस्ने २४ वर्षीय राजेश मक्रान्ती पक्राउ परेका छन्। उनी भदौ २४ गते जिल्ला प्रहरी कार्यालय कास्कीको आगलागी र तोडफोडमा संलग्न भएको प्रहरीले जनाएको छ। मक्रान्तीलाई २०७९ सालमा पनि अभद्र व्यवहार मुद्दा लागेको प्रहरीको रेकर्डमा उल्लेख छ।

जिल्ला प्रहरी तोडफोड र आगजनीमा संलग्न ५४ वर्षका नारायण शाही पनि पक्राउ परेका छन्। फ्रेस हाउस सञ्चालन गर्ने उनी पोखरा–४ अधिकारी टोलका हुन्।

पोखरा–११ फूलबारीका २२ वर्षीय अरुण विकलाई पनि प्रहरीले पक्राउ गरेको छ। सवारी चालकको रुपमा कार्यरत उनी भदौ २४ गते जिल्ला प्रहरी कार्यालय तोडफोडमा संलग्न भएको प्रहरीको दाबी छ।

जिल्ला प्रहरी कार्यालयमै पुगेर हतियार जलाउने पोखरा–१ मोहोरिया टोलका ४६ वर्षीय दीपु साइलाई पनि प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएको छ। साइले हार्डवेयर पसलमा काम गर्दथे।

वडा प्रहरी कार्यालय बगर तोडफोडमा संलग्न पोखरा–१ कसेरीका ४१ वर्षीय रुपेश मगर पनि पक्राउ परेका छन्। उनीविरुद्ध २०६२ सालमा पनि सवारीसाधन तोडफोड गरेर क्षति पुर्‍याएपछि सार्वजनिक अपराध मुद्दा चलेको प्रहरीको रेकर्डमा छ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुलको प्रहरी चौकी तोडफोड र आगजनीमा संलग्न स्थानीय व्यवसायी ४७ वर्षका लङबहादुर नेपाली, नयाँ पुलकै १९ वर्षीय अरविन विक, नयाँपुलका व्यवसायी ६२ वर्षीय थमबहादुर सार्की, अन्नपूर्ण–६ हाइजुङका २२ बर्षीय ग्रिस क्षेत्री र नयाँपुलकै ४२ वर्षीय पूर्णबहादुर नेपाली पक्राउ परेका छन्।

पूर्णबहादुर तोडफोडसँगै आगजनी र हतियार लुटपाटमा संलग्न भएको प्रहरीले जनाएको छ। उनी भदौ गतेदेखि अभद्र व्यवहारसम्बन्धी मुद्दामा वडा प्रहरी कार्यालय बगरको हिरासतमा थिए। जेन–जी आन्दोलनको क्रममा वडा प्रहरी कार्यालय बगरबाट भागेर नयाँपुलको प्रहरी चौकी तोडफोड गर्न पुगेको प्रहरीले खुलाएको छ।

पक्राउ परेका १० जनालाई जिल्ला अदालत कास्कीबाट मंगलबार अपराधिक उपद्रसम्बन्धी कसुरमा ६ दिनको म्याद थपेर अनुसन्धान पक्रिया अगाडि बढाइको छ। एसपी कार्कीका अनुसार प्रमाणको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।

‘यीबाहेक हामीले अरु थुप्रै तोडफोड र हातहतियारमा लुटपाटमा संग्लनलाई पहिचान गरिसकेका छौँ। तीनलाई पनि हामी क्रमशः कारबाहीको दायरामा ल्याउछौँ’, उनले भने। निजी सम्पत्ति तोडफोड र लुटपाटमा संग्लनलाई पनि उजुरी गर्न उनको आग्रह छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’