एन्फाको खराब व्यवस्थापनले खेलाडीले सास्ती भोगेपछि खेलकुदमन्त्रीको एन्फा महासचिवलाई फोन

एन्फाको खराब व्यवस्थापनले खेलाडीले सास्ती भोगेपछि खेलकुदमन्त्रीको एन्फा महासचिवलाई फोन
+
-
देशसञ्चार AI सारांश
  • खेलकुद मन्त्री बब्लु गुप्ताले खेलाडीको खराब व्यवस्थापनबारे एन्फा महासचिव किरण राईसँग जवाफ मागेका छन्।
  • नेपाल र भारतबीचको खेलपछि राष्ट्रको महिला टोलीले सिक्किमतर्फको भोकभोकै यात्रा गरेर ठूलो सास्ती खेपे।
  • फिफा विन्डोको नियमअनुसार ७२ घण्टा विश्राम आवश्यक भए पनि नेपाली टोलीले तुरुन्तै सिक्किम पुग्नुपर्यो।

अखिल नेपाल फुटबल संघ (एन्फा) को कमजोर व्यवस्थापनका कारण राष्ट्रिय महिला टिमका खेलाडीले ठूलो सास्ती खेपेपछि खेलकुद मन्त्री बब्लु गुप्ताले एन्फा महासचिवसँग जवाफ मागेका छन्।

त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीच सिलोङमा साँझ ८ बजे खेल सकिएलगत्तै राति नै नेपाली टोलीलाई सिक्किमतर्फको यात्रा गराउँदा खेलाडीहरु भोकभोकै भएका थिए भने उनीहरुले आराम गर्न समेत पाएका थिएनन्।

नेपाल र भारतबीच बिहीवारको लागि सिक्किममा अर्को अनौपचारिक मैत्रीपूर्ण खेल तय‌ भएको थियो। तर उक्त खेल एकदिन अघिनै अर्थात बुधबार हुने भएसँगै नेपाली खेलाडीले हैरानी भोग्नुपर्‍यो।

उक्त खेल फिफा विन्डोमा नभएकाले सावित्रा भण्डारीसहित प्रीति राई र एञ्जिला तुम्बाप्पो सुब्बा भने अनुपस्थित हुने छन्। उनीहरु सबै आ-आफ्नो क्लब ड्युटीमा फर्किनु पर्ने भएकाले अनुपस्थित हुँदै छन्।

भारतलाई हराएको टोलीले होटल पुगेर राम्ररी आराम पनि गर्न पाएनन्। एन्फाले आज सबेरै अर्थात मंगलबार बिहान ३ बजेदेखी दिउँसोभरि भोकभोकै यात्रा गराउँदा खेलाडीले हैरानी भोगेका थिए।

विमानस्थल पुग्न बिहान ३ बजे नै सिलोङबाट झन्डै १ सय किलोमिटर बसमा यात्रा गरेर टोली गुवाहाटी विमानस्थल पुग्न बाध्य भएको थियो। ९ बजेको फ्लाइटबाट दिउँसो २ बजे बागडोग्रा आइपुगेको नेपाली टिमले त्यहाँबाट १ सय ४० किलोमिटरको यात्रा तय गरेर सिक्किम पुग्नु पर्ने भएसँगै खेलाडी मंगलबार राति मात्र सिक्किम पुगेका छन्।

खेल बुधबार साँज ५ बजे हुने कार्यतालिका रहेको छ। फिफाले नै खेलाडीको स्वास्थ्यलाई मध्यनजर गर्दै २ खेलको बीच ७२ घण्टा विश्राम दिनुपर्ने नियम भएपनि नेपाली टोलीले भने फिफा विन्डोमै नभएको खेलका लागि सास्ती भोग्नु पर्ने भएको छ।

यसैबीच खेलकुद मन्त्री बब्लु गुप्ताले एन्फा महासचिव किरण राईलाई फोन गरेर खेलाडीले दुख पाएको विषयमा कारण माग गरेका छन्।

मन्त्री गुप्ताले मंगलबार एन्फा महासचिव किरण राईलाई फोन गरेर किन राष्ट्रिय टोलीलाई भोकभोकै यात्रा गराएको भनेर जवाफ मागेका थिए। महासचिवले प्रस्ट जवाफ दिन नसकेपछि मन्त्री गुप्ताले गम्भीर भएर यो विषयमा छलफल गर्नु पर्ने बताए। यद्यपि राइले सुरुमा समस्या भएपनि पछि समाधान भएको बताएका थिए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’