स्तरोन्नति र पुनर्निर्माण गरी हायात होटल पुनः सञ्चालन गर्ने प्रतिबद्धता

स्तरोन्नति र पुनर्निर्माण गरी हायात होटल पुनः सञ्चालन गर्ने प्रतिबद्धता
+
-
देशसञ्चार AI सारांश
  • हायात रिजेन्सीले भदौ २४ को प्रदर्शनका क्रममा भएको क्षतिपछि पुनर्निर्माण गरी चाँडै सञ्चालनमा आउन प्रतिबद्धता जनाएको छ।
  • होटलका कार्यकारी निर्देशकका अनुसार पुनर्निर्माणमा कम्तीमा एक वर्ष लाग्ने र क्षतिको मूल्यांकन भइरहेको छ।
  • सरकारबाट सहयोगको आश्वासन पाएपछि होटलले नेपालको आर्थिक विकास र पर्यटन क्षेत्रमा थप योगदान पुर्याउने जनाएको छ।

काठमाडौँ –  पाँचतारे होटल हायात रिजेन्सीले भदौ २४ को प्रदर्शनका क्रममा ठूलो क्षति भएको उल्लेख गर्दै पुनःनिर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने प्रतिबद्धता व्यक्त गरेको छ।

होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले विज्ञप्ति जारी गर्दै गत २४ भदौको प्रदर्शनका क्रममा होटलमा भएको क्षतिको मूल्यांकन भइरहेको र पुनर्निर्माणपछि सञ्चालन हुने जनाएका हुन् । स्तरोन्नति र पुनर्निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने होटलको भनाइ छ।

‘आन्दोलनका क्रममा होटलमा भएको तोडफोड, लुटपाट तथा आगजनीजन्य क्रियाकलापबाट अतिथि कक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेस्टुरेन्ट, बैंक्वेट, चैत्यसहित होटलको समष्टिगत संरचनामा ठूलो क्षति पुगेको छ, त्यसयता होटल पूर्ण रूपमा बन्द छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाल क्षतिको पूर्ण मूल्यांकनपछि होटल स्तरोन्नति र पुनर्निर्माण गरी अझ विस्तारित र उत्कृष्ट सेवासहित यथाशीघ्र पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्छौं ।’

विज्ञप्तिमा होटलमा भएको क्षतिका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारबाट आवश्यक साथ सहयोग प्रदान गरिने भनी दिएको आश्वासनप्रति होटलले आभार व्यक्त गरेको छ।

होटलले आगामी दिनमा सरकारको राजश्व स्रोतमा वृद्धि गरी मुलुकको आर्थिक विकासमा थप योगदान पुर्‍याउने र नेपालको फ्ल्यागसिप होटलको अभिभारा बोक्दै पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ संकल्पसहित सञ्चालन हुने प्रतिबद्धतासमेत जनाएको छ ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’