हुम्लाका किसानलाई घाँस काट्ने चटारो

हुम्लाका किसानलाई घाँस काट्ने चटारो
+
-
देशसञ्चार AI सारांश
  • तिहार सकिएलगत्तै, हुम्लावासीले ६ महिनाका लागि पशुबस्तुको लागि घाँस काट्ने चटारो सुरु गरेका छन्।
  • अधिकांश सदस्य बनमा गई व्यक्तिगत र सार्वजनिक ठाउँबाट घाँस काटेर संकलन गर्न व्यस्त छन्।
  • हिमाली क्षेत्रमा घाँस कम हुने भएकाले, तीन सयभन्दा बढी घाँसका मुठा संकलन गर्ने चलन छ।

हुम्ला – तिहार सकिएलगत्तै हुम्लावासीलाई घाँस काट्ने चटारो सुरु भएको छ। पशुवस्तु घरमै पाल्नुपर्ने भएको हुँदा ६ महिनाका लागि अन्नपात थन्क्याउने चटारोजस्तै घाँस काट्न सुरु गरिएको हो।

सिमकोट गाउँपालिका– २ का लालधन बोहराले तिहार सकिएपछि स्थानीयलाई पशुबस्तुका लागि घास काट्ने चटरो सुरु भएको बताए। यतिबेला किसानलाई जसरी अन्नबाली थक्याउने कम जत्तिक्कै घाँस काट्ने काम पनि उस्तै गरी गर्नु परिरहेको होे।

घरमा भएका अधिकांश सदस्य बनमा ब्यक्तिगत र सार्वजनिक ठाउँमा गएर घाँस काट्ने अनि जम्मा गर्ने गर्छन्। कतिपयले त घाँस काँट्न खेतालासमेत खोज्ने गर्छन्।

तीनदेखि चार दिन लगातार घाँस काटेर मुठ्ठा (पुला) बाँँँध्ने र एक ठाउँमा संकलन गर्ने गरेको खार्पुनाथ गाउँपालिका– ५ जानकी कामीले बताए।
उनले भने, ‘अहिले काटेको घाँस हिउँद ६ महिनाका लागि जोगाड गरिन्छ। काटेको घाँस वनमै राख्ने र फागुन चैत महिनामा ल्याउने चलन छ।’

हिमाली क्षेत्रको वनमा हिउँदमा वनमा घाँस थोरै हुने भएकाले यसरी काटेर संकलन गरिएको घाँस बिहान–बेलुका पशुबस्तुलाई खुवाउने गरिन्छ।
कम्तीमा पनि तीन सयभन्दा बढी घाँसका मुठा एउटा परिवारले काटेर राख्ने गर्छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’