सिमकोट–हिल्सा खण्डको च्याछरा सडक ढलान सम्पन्न

सिमकोट–हिल्सा खण्डको च्याछरा सडक ढलान सम्पन्न
+
-
देशसञ्चार AI सारांश
  • सिमकोट–हिल्साअन्तर्गत च्याछरा सडकको ढलान सकिएपछि अब यातायात सहज बनेको छ।
  • विस्फोट र मेसिनद्वारा ढुंगा फुटाई सडकको ग्रेड ठीक पार्न ढलान गरिएको हो।
  • कुल लागत ३४ करोड ६५ लाख ८१ हजार १७९ को ६३.५०% वित्तीय प्रगति भएको छ।

हुम्ला – सिमकोट–हिल्साअन्तर्गत च्याछरा सडकको ढलान सम्पन्न भएको छ। उक्त सडक खण्डको सबैभन्दा असजिलो र चट्टानी क्षेत्र रहेको च्याछरा सडकको ढलान सकिएको हो।

सडकका लागि विस्फोट गर्ने कार्य सकिएसँगै मेसिनले ढुंगा फुटाउने र सडकको ग्रेड मिलाउन ढलान गरिएको ओएशिश इञ्जिनियरिड एण्ड बिल्डर्स प्रा.लिले जनाएको छ।

सडकको ग्रेड केही भिरालो भएकोले असोजमा ढलान सुरु गरिएको थियो। सिमकोटबाट हिल्सातर्फ जाने र आउने च्याछराको चट्टानी भीरमा विस्फोट गरी सडक ढलान भएपछि यातायातका साधन सहज रुपमा आवतजावत गरिरहेका छन्।

सातदेखि साढे आठ मिटर चौडा सडक ढलान गरिएको छ। सडकलाई सुरक्षित बनाउन भीर क्षेत्रको दक्षिणतर्फ प्लम्प वाल पनि लगाइएको छ। च्याछरामा साढे चार सय मिटर सडक ढलान गरिएको हिल्सा–सिमकोट सडक योजना प्रमुख बेलबहादुर नेपालीले बताए।

यो क्षेत्र सिमकोट–हिल्सा सडकको सबैभन्दा असजिलो खण्डमा पर्ने भएकाले उक्त सडकमा ढलान नगरिएको बेला यात्रुले सास्ती व्यहोर्नुपरेको थियो।
उक्त सडक स्तरोन्नर्तिका लागि २०७९ साल चैत १४ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो भने यो काम २०८२ साल चैत १३ गतेभित्र सम्पन्न गर्नुपर्ने छ।

कुल लागत ३४ करोड ६५ लाख ८१ हजार १७९ रुपियाँ रहेकोमा हालसम्म २२ करोड छ लाख ६६ हजार ७० रुपियाँ भुक्तानी भएर ६३ दशमलव ५० प्रतिशत वित्तीय प्रगति भएको छ। च्याछराबाट आसी कान्नसम्मको १६ दशमलव ७ किलोमिटर सडक स्तरोन्नति र ९५ प्रतिशत भौतिक प्रगति भएको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’