सावित्राको दुई गोलमा नेपालले भारतलाई हरायो

+
-
देशसञ्चार AI सारांश
  • नेपालले त्रिदेशीय महिला फुटबल प्रतियोगितामा भारतलाई २–१ ले पराजित गर्दै पहिलो जीत हासिल गर्यो।
  • सावित्रा भण्डारीको दुई गोलले सम्हालेको नेपालले घरेलु टोली भारतलाई दबाबमा राख्न सफल भएको थियो।
  • इरानले भने प्रतियोगिताको उपाधि जित्दै भारत र नेपाललाई क्रमशः २–० र ३–० गोलले पराजित गर्यो।

नेपालले त्रिदेशीय महिला फुटबल प्रतियोगितामा भारतलाई पराजित गर्दै दोस्रो भएको छ। स्ट्राइकर सावित्रा भण्डारीको दुई गोल गर्दा नेपालले भारतलाई २–१ ले पराजित गर्दै पहिलो जित निकाल्यो। प्रतियोगिताको उपाधि भने इरानले जित्न सफल भयो। इरानले नेपाल र भारतलाई पराजित गरेको थियो।

शिलोङको जवाहरलाल नेहरू रंगशालामा सोमबार बेलुका सम्पन्न खेलमा घरेलु टोली भारतमाथि पहिलो र दोस्रो हाफमा नेपालले समान १–१ गोल गर्यो। भारतले खेलको अन्ततिर एक गोल फर्काएपनि टिमको हार टार्न पर्याप्त त्भएन्।

प्रतियोगितामा इरानले भारतलाई २–० र नेपाललाई ३(० ले पराजित गरेको थियो। प्रतियोगितामा जित सहित अन्त गर्ने क्रममा नेपालले सुरुवातबाटै भारतलाई दबाबमा राख्यो। खेलको दोस्रो मिनेटमै साम्बाले नेपाललाई सुरुआती अग्रता दिलाइन्। डिफेन्स लाइनबाट आएको लामो क्रसमा उनले गोल गर्दै टिमलाई अग्रता दिलाइन।

नेपालले दोस्रो हाफमा पनि अर्को एक गोल थप्यो। यसपल्ट पनि साम्बा उत्कृष्ट गोल गरिन्। ६३औं मिनेटमा नेपालले पाएको फ्रिकीको मौकामा उनले गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो।

खेलको ८१औं मिनेटमा करिश्मा सिरभोकरले गोल फर्काइन्। निर्माला देवीबाट फ्रिककमा आएको बल बाउन्स हुँदै नेपाली डिफेन्डर विमला बिकसामु पुगेको थियो। तर, उनले रोक्न नसक्दा वैकल्पिक खेलाडी करिश्माले गोल गर्दै भारतलाइ गोलविहीन अवस्थाबाट बचाएकी थिइन्। तर हार टार्न भने उनको गोल पर्याप्त भएन्।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’