विराटनगर– मोरङमा विभिन्न अस्पतालमा कार्यरत नर्सहरू आन्दोलित भएका छन्।
नेपाल नर्सिंग संघ मोरङले बुधबार विराटनगरस्थित कोशी अस्पतालमा चरणबद्ध आन्दोलनबारे जानकारी गराएको छ। नर्सिंग संघ मोरङकी अध्यक्ष लोजिता योञ्जनले अस्पतालमा कार्यरत नर्सको पारिश्रमिकलगायतको माग राखेर आफूहरू आन्दोलित हुनु परेको बताइन्।
मोरङमा मात्र होइन पारिश्रमिकका विषयलाई लिएर देशका विभिन्न अस्पतालमा कार्यरत नर्सहरू आन्दोलित रहेका छन्। कतिपय अस्पतालले सरकारले तोकेको सेवा सुविधा दिन तयार भएपछि आन्दोलन स्थगतसमेत हुँदै गएका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































