काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जाल कहिल्यै बन्द नहुने बताएका छन्।
बुधबार सिंहदरबारमा अनलाइन टिभीकर्मीसँगको छलफलमा हुने सामाजिक सञ्जाल नयाँ मिडियाका रुपमा रहेको भन्दै सरकार सामाजिक सञ्जाल बन्द गर्ने पक्षमा नरहेको बताए।
‘सामाजिक सञ्जाल कहिल्यै पनि बन्द हुनुहुँदैन र बन्द गरिदैन भन्नेकुरा स्पष्ट पार्न चाहन्छु’, उनले भने ‘नयाँ मुलधारको मिडियाको रुपमा रहेका सामाजिक सञ्जालहरु कहिले पनि बन्द हुनु हुँदैन। बन्द गरिने छैन। कुनैपनि सञ्चार माध्यम समेत बन्द नगरिने व्यहोरा स्पष्ट पार्न चाहन्छु।’
बरु सामाजिक सञ्जालाई व्यवस्थित र जिम्मेवार बनाउन आवश्यक रहेको खरेलको भनाइ छ।

भर्खरै
लोकप्रिय






































































































































































































