पाल्पा– पाल्पाको रैनादेवी छहरा गाउँपालिका- ४ पिपलभञ्ज्याङमा लु प ०००१ ज ००९१ नम्बरको ईभी भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
बुटवलबाट छहरा मेहालढापतर्फ जाँदै गरेको भ्यान बुधबार बिहान करिब १० बजे दुर्घटनामा परेको स्थानीयले बताएका छन्। घटनास्थल नजिकका बासिन्दा इस्वर ज्ञवालीका अनुसार दुर्घटना साढे १० बजेतिर भए पनि जानकारी करिब साढे १ बजे मात्र पुगेको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी कमल प्रधानका अनुसार भ्यानमा चालकसहित तीन जना सवार थिए। उनीहरूलाई उद्धार गरी अस्पताल पठाइएको तर उपचारका क्रममा सबैको मृत्यु भएको उनले पुष्टि गरे।
मृतकहरूको सनाखत भने हुन बाँकी रहेको छ।
–फाइल तस्बिर

भर्खरै
लोकप्रिय






































































































































































































