गण्डकी – मुस्ताङ भ्रमणमा आएका आन्तरिक पर्यटकको लागि सशस्त्र प्रहरी बल, नेपालले स्वास्थ्य परीक्षण र औषधी वितरण गरेको छ।
बुधबार विहानदेखि त्यसक्षेत्रमा पर्यटकहरुको अक्सिजन लेभल र रक्तचाप परीक्षण गर्नुकासाथै आवश्यक औषधी वितरण गरिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल नं। ३३ गुल्म मुस्ताङले बुधबार विहान ९० महिला र ६० पुरुष गरी १ सय ५० जनाको अक्सिजन लेभल चेक गरेको थियो। यस्तै ६० महिला र ४० पुरुष गरी १ सय जनाको रक्तचाप परिक्षण गरिएको छ।

त्यसक्षेत्रमा हिमपात भएको र चिसो एक्कासी बढेका कारण धैरै पर्यटकहरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको छ। उनीहरुको समस्या पहिचान गरी सामान्य प्राथमिक उपचारसमेत गरिएको छ।
यसैबीच मुक्तिनाथ मन्दिर जाने बाटो र मन्दिर परिसरको हिउँ पन्छाउनको लागि बुधबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल नं। ३३ गुल्म मुस्ताङबाट सुरक्षाकर्मी परिचालन गरिएको छ। बाटोमा जमेको हिउँ पन्छाएपछि मुक्तिनाथ दर्शनमा सहजता भएको छ।


भर्खरै
लोकप्रिय






































































































































































































