- राष्ट्रपति ट्रम्पले दक्षिण कोरियासँग व्यापार सम्झौताका लागि सबै बिषयमा अन्तिम सहमति भएको जानकारी गराएका छन्।
- दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाउँदै केही महत्त्वपूर्ण विषयमा सम्झौता भएको छ।
- राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनले सहकार्य गरिरहने विश्वास पनि व्यक्त गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङबीच व्यापार सम्झौताका लागि प्रायः सबै बिषयमा अन्तिम सहमति भएको राष्ट्रपति ट्रम्पले बुधबार जानकारी गराएका छन्।
यो वर्षको एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठकको आयोजक रहेको दक्षिणपूर्वी शहर ग्योङजुमा लीसँगको शिखर सम्मेलनपछि राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन्।
उनले भने, “ वार्ता पूर्णरूपमा सफल भएको मान्नुपर्छ। हामी एक सम्झौताको तयारी अवस्थामा पुगेका छौँ।” दुई देशका राष्ट्रपतिद्वय ट्रम्प र लीबचिको शिखर सम्मेलनलाई नजिकबाट हेरिएको थियो किनकि दुबै मुलुकका वार्ता सहयोगीहरूले जुलाईमा तयार पारेको व्यापार सम्झौताको खाकाको विवरणमा मतभेदहरू समाधान गर्न संघर्ष गरिरहेका थिए।
सम्झौता अनुसार दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो। लीसँगै डिनर टेबलमा बसेका ट्रम्पले आफूहरुबीच ‘बृहत्’ भेटवार्ता भएको बताए तर उनले के के कुरामा सम्झौता भएको हो भन्नेबारे उक्त अवसरमा जानकारी गराएनन्।
“धेरै कुरामा निर्णयमा पुगिएको छ हामीले धेरै प्रतिषा गरिएको व्यापार सम्झौतालाई अन्तिम रूप दियौँ। राष्ट्रिय सुरक्षासँग सम्बन्धित केही अन्य केही बिषयमा पनि छलफल गरेका छौँ। मलाई लाग्छ, हामी धेरै महत्त्वपूर्ण बिषयुहरूमा निष्कर्षमा पुग्यौँं।
ट्रम्पले कोरियाली प्रायःद्वीपमा सुरक्षा तनाव समाधान गर्ने आफ्नो प्रतिबद्धता पनि दोहोर्याए। उत्तर कोरिया “जसरी प्रस्तुत हुनुपर्छ त्यसो हुन नसकेको’ उनले बताए।
उत्तर कोरियाली नेता किम जोङ उनलाई सङ्केत गर्दै राष्ट्रपति ट्रम्पले भने, “म किमलाई राम्रोसँग चिन्छु र मलाई लाग्छ सबै कुरा राम्रोसँग अघि बढ्नेछ।”

भर्खरै
लोकप्रिय






































































































































































































