काठमाडौं- कांग्रेसको संस्थापन पक्षले फागुन २१ को निर्वाचनपछि मात्र नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
कांग्रेस संस्थापन पक्षले मंगलबार र बुधबार ललितपुरको धोबीघाटस्थित होटल सिद्धार्थमा आयोजना गरेको भेलामा विशेष महाधिवेशनमा जान नसकिने र फागुन २१ को निर्वाचनपछिमात्र नियमित महाधिवेशनमा जान सकिने निष्कर्ष निकालेको हो।
कांग्रेसको संस्थापन पक्षले मंगलबार र बुधबार गरी दुई दिन आन्तरिक रणनीतिका लागि धोबीघाटमा छुट्टै बैठक गरेको हो।
कांग्रेस संस्थापन पक्षका नेताहरूले कांग्रेसको जारी आगामी बैठकमा विशेष अधिवेशनमा जान नसकिने र चुनावमा फोकस गर्ने धारणा राख्ने सहमति भएको पनि सहभागी एक नेताले जानकारी दिए।
कांग्रेसको नियमित महाधिवेशन भने वैशाखमा गर्नुपर्ने संस्थापक पक्षका नेताहरूले कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा धारणा राख्ने तयारी गरेका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको स्थगित बैठक बिहीबारबाट पुन: सुरु हुँदैछ।
पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनका कारण कात्तिक १ मा शोक प्रस्ताव पारित गर्दै १३ दिनका लागि स्थगित भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबारबाट फेरि सुरू हुँदैछ।
गत २८ असोजबाट सुरू भएको बैठकमा ३० असोजबाट एजेन्डासहित छलफल सुरू भएको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































