- मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनारले कार्तिक २२ गते प्रदेश सभाबाट विश्वासको मत लिने योजना बनाएका छन्।
- सभा बैठकले विश्वास मतपछि मन्त्री परिषद् विस्तार गर्ने र नेपाली काँग्रेस, नेकपा एमालेसँग सहयोग खोज्ने निर्णय गर्यो।
- सरकारलाई ५६ सदस्यको समर्थन प्राप्त छ, जहाँ जसपा, माओवादी, जनमत, लोसपा लगायतका दलहरु सामेल छन्।
जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार ९सोनल० ले कार्तिक २२ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन।
जनता समाजवादी पार्टी ९जसपा० नेपालका प्रमुख सचेतक राम अशिष यादवले सरकारमा सहभागि रहेका सात दलको बैठकबाट कार्तिक २२ गते विश्वासको मत लिने र त्यसपछि मन्त्री परिषद् विस्तार गर्ने निर्णय भएको जानकारी दिए। यादवले विश्वास मतको लागि नेपाली काँग्रेस, नेकपा एमालेसँग समेत आग्रह गर्ने समेत बैठकमा सहमति भएको हो।
नेकपा माओवादी केन्द्रका उपनेता युवराज भटटराईले विश्वासको मत लिएपछि मात्रै मन्त्री परिषद विस्तार गर्ने सहमति भएको बताए। उनले सरकार गठन गर्ने बेला नै धेरै कुरा प्रष्ट भएकाले विश्वासको मत लिएर पछि दलहरु बिचमा छलफल गरेर मन्त्री परिषद विस्तार गर्ने जानकारी दिए। उनले अहिले माधव नेपाल नेतृत्वको नेकपा एसको बैठक रहेको, १६ गते जसपा नेपालको बैठक बस्ने भएकाले २२ गते विश्वासको मत लिने सहमति भएको जानकारी दिए।
सोनल ५ दलको ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन भने अहिले उनको नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीले समेत समर्थन गर्ने भएको छ। आज बसेको बैठकमा पाँच दल बाहेक यी दुई दल समेत सहभागि रहेका थिए। दुवै पार्टीबाट प्रदेश सभामा एकरएक जना सदस्य छन। दुई पार्टीले समर्थन गरेपछि सोनल सरकारलाई ५७ मत पर्ने देखिन्छ। १०७ सदस्यीय प्रदेश सभामा हाल १०४ जना प्रदेशसभा कायम छन्। सोनल नेतृत्वको सरकारलाई बहुमतको लागि प्रदेशसभामा कायम रहेको सदस्यको बहुमतका लागि ५३ सदस्यको आवश्यकता रहेको छ।
सरकारमा सहभागि रहेका जसपा नेपालका १८ जना, जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना, नेकपा एकिकृत समाजवादी पार्टीका ७ जना र नागरिक उन्मुक्ति पार्टीका तथा नेपाल संघीय समाजवादी पार्टीका १ जना प्रदेश सभा सदस्य रहेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































