६ महिनापछि चौरी गाई लिमीका बस्तीमा फर्किए

६ महिनापछि चौरी गाई लिमीका बस्तीमा फर्किए
+
-
देशसञ्चार AI सारांश
  • हिमपात र चिसोका कारण लिमी गाउँमा चौरी गाईसहित अन्य पशुवस्तु फर्काइएका छन्।
  • चौरी गाई गाउँमा फर्किएपछि स्थानीयहरूले अन्नबाली भित्र्याएर गाईलाई जग्गामा छोड्न थालेका छन्।
  • गोठालाहरूले चौरी गाईसँगै घ्यू, छुर्पी, र अन्य दुग्धजन्य उत्पादन पनि गाउँमा ल्याएका छन्।

हुम्ला- उच्च पाटनमा ६ महिनासम्म पालनका लागि लगिएका चौरी गाई नाम्खा गाउँपालिका– ६, हिमालपारिको गाउँ लिमीका बस्तीमा फर्काइएका छन्। उच्च पाटन क्षेत्रमा हिमपात भएर चिसो बढेपछि चौरी गाईलाई गाउँमा ल्याइएको हो।

गत वैशाख अन्तिम साता लिमीका बस्तीबाट तुम्लिङ र ताक्ची हुँदै लाप्चा क्षेत्रमा सारिएका चौरी गाईहरूलाई अहिले बस्तीमा फिर्ता ल्याइएको लिमीको हल्जी गाउँका स्थानीय कोनुर्वु तामाङले जानकारी दिए।

लाप्चा क्षेत्रको पाटनमा हिमपातपछि चरन क्षेत्रमा हिउँ जमेकाले चिसो बढेपछि चौरी गाईसहित अन्य पशुवस्तुलाई पनि बस्तीमै ल्याउनुपरेको हो।

चौरी गाईसँगै गोठालाहरू पनि ६ महिनापछि घर फर्केका छन्। लिमीका वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार अन्नबाली भित्र्याइसकेपछि चौरी गाईलाई ‘उदाउनी खान’ (खेतबारीमा छोड्न) का लागि पनि जग्गामा छोडिएको छ। चौरी गाई र अन्य पशुवस्तु गाउँमा आइपुगेपछि गाउँमा रमाइलो हुन थालेको उनको भनाइ छ।

लिमीका तीन गाउँमध्ये तील र हल्जीमा चौरी गाई ल्याइएको छ। जाङ गाउँका तीन घरधुरीका बासिन्दा एक हप्ताभित्र काठमाडौं फर्किने भएकाले उनीहरूले आफ्ना चौरी गाई हल्जी गाउँका आफन्तको जिम्मा लगाएका छन्।

गोठालाहरूले चौरी गाईसँगै घ्यू, छुर्पी, नौनी, थुत (दहीबाट बन्ने परिकार) र चीजजस्ता दुग्धजन्य उत्पादन पनि ल्याएका छन्। अहिले लिमीमा चौरी गाईको घ्यू र छुर्पी बिक्री हुन थालेको छ।

बस्तीमा आइपुगेका चौरी गाईलाई अब हिउँदभर गाउँमै राखिनेछ र आगामी वैशाख अन्तिम साता फेरि पालनका लागि उच्च पाटनतर्फ लगिनेछ। लिमीमा हाल डेढ सयभन्दा बढी चौरी गाई पालन हुँदै आएका छन्।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’