रोल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

रोल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
+
-

दाङ- रोल्पाको सुनिलस्मृति गाउँपालिका–४, सुलिचौरबाट किलाचौर जाँदै गरेको लु २ च ८०१५ नम्बरको डबल क्याब बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय सुलिचौरका अनुसार गएराति करिब १० बजे जीप धुलेओडार भन्ने स्थानमा सडकबाट करिब ३०० मिटर तल खोलामा खसेको थियो। दुर्घटनामा परी सुनिलस्मृति गाउँपालिका–६ का ३२ वर्षीय चालक थम्मन रोकामगरको मृत्यु भएको हो।

घाइते हुनेहरूमा लुङ्ग्री गाउँपालिका–७ का ४० वर्षीय खिमबहादुर पुन, लुङ्ग्री–४ की २७ वर्षीया भावना गिरी र उनकी ५ वर्षीया छोरी शान्ति गिरी रहेका छन्। प्रहरी निरीक्षक अनिलकुमार चौधरीका अनुसार उनीहरूलाई विभिन्न चोटपटक लागेको र अवस्था मध्यम रहेको छ।

सुलिचौरमा उपचार सम्भव नभएपछि घाइतेहरूलाई भैरहवास्थित मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’