सशस्त्र प्रहरीद्वारा अन्नपूर्ण बेस क्याम्पबाट १ सय ६२ जनाको उद्धार

सशस्त्र प्रहरीद्वारा अन्नपूर्ण बेस क्याम्पबाट १ सय ६२ जनाको उद्धार
+
-

म्याग्दी- सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण बेस क्याम्पबाट आज बिहानसम्म १ सय ६२ जनाको सुरक्षित उद्धार गरेको छ।

उद्धार कार्यपछि अन्नपूर्ण बेस क्याम्पमा अहिले कुनै पनि आन्तरिक वा बाह्य पर्यटक छैनन्। अधिकारीहरूले सबैलाई सुरक्षित स्थानमा लैजान सफल भएको बताएका छन्।

सशस्त्र प्रहरी बल, नेपाल, विपद् व्यवस्थापन टोली बेशक नारच्याङ म्याग्दीबाट कार्तिक ११ गते उद्धारका लागि बेस क्याम्पतर्फ गएको थियो। प्रहरी निरीक्षक विनोद पौडेलको नेतृत्वमा गएको टोलीले १७ विदेशी पर्यटकसहित जम्मा १ सय ६२ जनालाई सुरक्षित स्थानमा ल्याएको हो।

बर्खा र बाक्लो हिमपातका कारण बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटकहरू डोरीको सहयोगले सुरक्षित स्थलतर्फ लैजाने क्रम जारी रह्यो। उद्धार कार्य अघि बढ्दा, केही पर्यटकहरूलाई बाटोबाट फर्काएर सुरक्षित स्थानमा पुर्‍याइएको थियो।

अन्नपूर्ण गाउँपालिका- ४ गुफाफाँट, सादिखर्क लगायत हिमपात नभएका स्थानसम्म सबै उद्धार गरिएका पर्यटकहरूलाई लैजान सफल भएको छ। उद्धार गरिएका केही व्यक्तिमा सामान्य स्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्या देखिए पनि ठूलो गम्भीर अवस्था भने देखा परेको छैन।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’