विश्वकप लिग-२: रोहितको शतकमा नेपालद्वारा युएईलाई २३४ रनको लक्ष्य

विश्वकप लिग-२: रोहितको शतकमा नेपालद्वारा युएईलाई २३४ रनको लक्ष्य
+
-

काठमाडौँ – आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी युएईविरुद्धको खेलमा नेपालका कप्तान रोहित पौडेलको शतकीय इनिङ्समा नेपालले युएईलाई प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ। नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ३३ रनको स्कोर तयार गर्‍यो।

नेपालका लागि कप्तान रोहितले १०९ रनको शतकीय इनिङ्स खेले। तेस्रो नम्बरमा ब्याटिङका लागि आएका रोहितले १३० बलमा ५ चौका र २ छक्काको सहयोगमा १०९ रन बनाएको अवस्थामा जाहिद अलीको बलमा अर्यान्स शर्माद्वारा क्याचआउट भएका थिए। उनको यो एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि रोहितबाहेक आसिफ शेखले ३५ रन बनाउँदा आरिफ शेखले २७ रन बनाए। त्यस्तै, दिपेन्द्र सिंह ऐरीले २३ रन बनाएका थिए। त्यस्तै, करण केसीले १३ रन बनाए।

युएईका लागि जुनिक सिद्धिकीले ३ विकेट लिँदा जाहिद अलीले ४ विकेट हात पारे। त्यस्तै, मुहम्मद रोहिद, हाइदर अली र ध्रुव परासरले १-१ विकेट लिए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’