अमेरिकी अलराउन्डर मिलिन्द कुमार काठमान्डु गोर्खाजमा

अमेरिकी अलराउन्डर मिलिन्द कुमार काठमान्डु गोर्खाजमा
+
-

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा अमेरिकाका ब्याटिङ अलराउन्डर मिलिन्द कुमार काठमान्डु गोर्खाजमा अनुबन्धित भएका छन्। काठमान्डु गोर्खाजले तेस्रो विदेशी खेलाडीको रूपमा ३४ वर्षे मिलिन्दलाई टोलीमा अनुबन्ध गरेको हो।

काठमाडौँ स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालिको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले यसअघि नै इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर रिकार्डो भास्कोनेसेलोस र नामिबियाका कप्तान जेरहार्ड इरसमसलाई टिममा भित्र्याएको छ।

मिलिन्द अहिले अमेरिकी टोलीका महत्वपूर्ण सदस्य हुन्। दुबईमा जारी विश्वकप लिग २ मा उनले नेपालविरुद्ध ५० बलमा ७० र यूएईविरुद्ध ८१ बलमा ७१ रन बनाएर सानदार इनिङ्स खेलेका छन्। काठमान्डुले उनको आगमनले टिम उत्साही रहेको बताए।

२०११ मा दिल्लीको टिमबाट रणजी ट्रफीमा ‘डेब्यु’ गरेका उनले सिक्किम, त्रिपुराबाट भारतको घरेलु क्रिकेटमा खेलेका थिए। मिलिन्द दुई पटक इन्डियन प्रिमियर लिगको टोलीमा समावेश थिए।

२०१४ मा दिल्ली डेयरडेभिल्सले १० लाख र २०१९ मा रोयल च्यालेन्जर्स बेङलोरले बेस प्राइस २० लाखमा उनलाई टोलीमा राखिएको भए पनि प्रतिस्पर्धाको अवसर भने पाएका थिएनन्।

२०२१ मा उनी अमेरिकी लिग खेल्न थालेका हुन्। उनले पछिल्लो तीन सिजन अमेरिकाको मेजर लिग क्रिकेटमा टेक्सास सुपर किंग्सबाट खेल्दै आएका छन्। नेदरल्यान्ड्सको द हेगमा क्यानडाविरुद्ध खेल्दै उनले अमेरिकाबाट एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए।

यसै वर्षको मेमा उनले क्यानडाविरुद्ध अविजित ११५ र ओमानविरुद्ध ६८ रनको इनिङ्स खेलेका थिए, जसका कारण उनी आईसीसीको महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा समेत परेका थिए।

हाल चलिरहेको विश्वकप लिग २ मा उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन्। उनले २० खेलमा ५८ माथिको औसत र १०० माथिको स्ट्राइक रेटमा ८२३ रन बनाइसकेका छन्, जसमा २ शतक र ६ अर्धशतक समावेश छ। साथै उनको नाममा २७ विकेट पनि रहेको छ । मिलिन्दले सबै खाले टी-२० मा ९० खेल खेल्दै १६ सयभन्दा बढी रन बनाएका छन्।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’