एनपिएल र गोल्छा ग्रुपबीच सम्झौता

एनपिएल र गोल्छा ग्रुपबीच सम्झौता
+
-

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि गोल्छा ग्रुपले सहकार्य अगाडि बढाएको छ।

नक्सालमा बिहीबार एक कार्यक्रम आयोजना गर्दै एनपिएल र गोल्छाले आगामी सिजनका सहकार्य अगाडि बढाएका हुन्। गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र क्यानका सचिव पारस खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

सम्झौताअनुरूप एनपिएलका इमर्जिङ प्लेयर, सर्वाधिक विकेटकर्ता र सर्वाधिक रनकर्ताले समान एउटा पल्सर मोटरसाइकल प्राप्त गर्ने छन्। त्यसबाहेक अन्य आर्थिक पक्ष भने खुलाइएको छैन।

निर्देशक गोल्छाले लामो समयदेखि खेलकुदमा जोडिरहेको र एनपिएलसँग जोडिनु सुखद पक्ष रहेको बताए। सचिव खड्काले यो सम्झौताले क्रिकेट विकासमा योगदान पुर्‍याउने आशा राखे।

एनपिएलको दोस्रो सिजन आगामी मंसिर १ देखि २७ सम्म हुँदै छ। क्यानको आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।

जनकपुर बोल्टस पहिलो सिजनको च्याम्पियन हो। जनकपुरले फाइनलमा सुदूरपश्चिम रोयल्स हराएको थियो।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’