विश्वकप लिग–२ः खेर गयो कप्तान रोहितको शतक, युएइसँग नेपाल पराजित

विश्वकप लिग–२ः  खेर गयो कप्तान रोहितको शतक, युएइसँग नेपाल पराजित
+
-
देशसञ्चार AI सारांश

  • नेपाल आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा युएईसँग ५ विकेटले पराजित भयो र संघर्षमा रह्यो।

  • नेपालको २ सय ३४ रनको लक्ष्यलाई युएइले ओपनर अर्यान्शु शर्मा र अलिशान शर्राफको उत्कृष्ट प्रदर्शनमा सम्पन्न गर्यो।

  • नेपालका कप्तान रोहित पौडेलको शतकीय इनिङसको बावजुद युएइका जाहिद अलीले ४ विकेट लिइ महत्वपूर्ण भूमिका खेले।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत युएइमा जारी त्रिकोणात्मक ऋंखलामा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। लिग २ को अङ्क तालिकामा संघर्षरत अवस्थामा रहेको नेपाल युएईसँग ५ विकेटले पराजित भएको छ। यसअघि जारी ऋंखलाको पहिलो खेलमा नेपाल अमेरिकासँग पराजित भएको थियो।

नेपालले दिएको २ सय ३४ रनको लक्ष्य युएइले ४३.३ ओभर ५ विकेट गुमाएर भेट्टाएको थियो। नेपाललाई हराएसँगै युएइले भने जारी सिरिजमा पहिलो जित निकाल्यो। यसअघि आफ्नो पहिलो खेलमा युएइ अमेरिकासँग हारेको थियो। जितपछि युएइ अङ्क तालिकामा ८ अङ्क बनाएको छ। नेपालको समान खेलबाट १२ अङ्क रहेको छ।
बिहीबारको खेलमा नेपालका कप्तान रोहित पौडेलको शतकीय इनिङ खेल्दै युएइ विरुद्ध २ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेका थिए। तर उनको शतकीय इनिङलाइ छाँइमा पार्दै युएइले सहज रुपमा लक्ष्य पूरा गर्‍याे।

युएइको जितमा ओपनर अर्यान्शु शर्माले ९८ रनको इनिङ खेले। उनले ९८ बलमा १० चौका र ३ छक्का प्रहार गरेका थिए। त्यस्तै अर्का ओपनर अलिशान शर्राफुले ४५ रन बनाए। यी दुईबिच पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए। त्यस्तै मुहम्मद वासिमले २६ रन बनाउँदा कप्तान राहुल चोपरा १५ रनमा रिटायर्ड हर्ट भएका थिए। उनी बाहेक ध्रुव प्रशारले १६ रनको अविजित इनिङ खेले। उनलाई जाहिद अलीले ११ रनमा साथ दिए।

नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिंदा करण केसी र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिएका थिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले १३० बलमा ५ चौका र २ छक्काको सहयोगमा १०९ रन बनाए। उनको यो एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक हो। उनी बाहेक कप्तान रोहित बाहेक आसिफ शेखले ३५ रन बनाउँदा आरिफ शेखले २७ रन बनाए। त्यस्तै दिपेन्द्र सिंह ऐरीले २३ रन बनाएका थिए। त्यस्तै करण केसीले १३ रन बनाए। युएइका लागि जुनिक सिद्धीकीले ३ विकेट लिंदा जाहिद अलीले ४ विकेट हात पारे। त्यस्तै मुहम्मद रोहिद, हाइदर अली र ध्रुव परासरले १(१ विकेट लिए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’