क्रिकेटका लागि नेपथ्यको कन्सर्ट, इन्ट्रीका लागि पोखरा एभेन्जर्सको जर्सी किन्नुपर्ने

क्रिकेटका लागि नेपथ्यको कन्सर्ट, इन्ट्रीका लागि पोखरा एभेन्जर्सको जर्सी किन्नुपर्ने
+
-

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा चर्चित सांगीतिक ब्यान्ड नेपथ्यले पोखरामा कन्सर्ट गर्ने भएको छ।

‘क्रिकेटका लागि नेपथ्य’ नारासहित नोभेम्बर ७ शुक्रबारका दिन पोखरा रंगशालाको फुटबल स्टेडियममा कन्सर्ट गर्ने भएको हो।

क्रिकेटलाई संगीतसँग जोड्ने उद्देश्यसहित यो कन्सर्टको आयोजना गर्न लागिएको पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले बताए।

‘कन्सर्ट प्रवेशका लागि टिकट राखिएको छैन,’ अध्यक्ष त्रिपाठीले भने, ‘पोखरा एभेन्जर्सको जर्सी किन्ने समर्थकहरुले कन्सर्टमा प्रवेश पाउने छन्। क्रिकेटको विकासमा लिजेन्ड्री ब्यान्ड नेपथ्यसँग जोडिन पाउँदा हामीलाई खुशी लागेको छ।’

कन्सर्टमा प्रवेशका लागि पोखराका समर्थकले नेपथ्यको वेबसाइटबाट जर्सी खरिद गर्न सक्नेछन्। पोखरा एभेन्जर्सको जर्सीको नियमित मूल्य १४९९ हो। तर, कन्सर्टका लागि जर्सी खरिद गर्न आउने सुरुका १ हजार जना समर्थकलाई टिमले ९९९ रुपैयाँमै जर्सी दिने निर्णय गरेको छ। पोखरा एभेन्जर्सका अध्यक्ष त्रिपाठीका अनुसार कन्सर्टबाट उठेको रकमले गण्डकीका सामुदायिक विद्यालयमा क्रिकेट किट वितरण गर्ने उद्देश्य राखिएको छ।

मंसिर १ गतेबाट सुरु हुने एनपिएलको दोस्रो संस्करणको यतिखेर ट्रफी टुर भइरहेको छ। मंगलबार पोखरामा ट्रफी प्रर्दशन गर्ने क्रममा नेपथ्यका प्रमुख गायक अमृत गुरुङले ५० वर्ष अगाडिको पोखरामा खेलकुदको लागि केही पूर्वाधार नभएको स्मरण गर्दै पोखरामा बनेको रंगशालाले खेलाडी र खेलप्रेमीमा उर्जा थपेको बताए।

‘नेपालको क्रिकेट जुन लेभलमा छ, त्यो गौरव गर्न लायक छ। अबको तयारी र खेलहरु विश्वकप जित्ने लक्ष्यसहित हुनुपर्छ। हाम्रो शुभकामना छ,’ उनले भने।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’