कांग्रेस केन्द्रीय समिति बैठकमा गएनन् महामन्त्री गगन थापा

कांग्रेस केन्द्रीय समिति बैठकमा गएनन् महामन्त्री गगन थापा
+
-
देशसञ्चार AI सारांश
  • कांग्रेस केन्द्रीय समिति बैठकमा बिहीबार महामन्त्री गगन थापा अनुपस्थित थिए किनकि महाधिवेशन एजेन्डा राख्न नदिएकोमा असन्तुष्ट थिए।
  • बैठकअघि कार्यवाहक सभापति खड्का र थापाबीच भेटवार्ता भएको थियो, खड्काले महाधिवेशन एजेन्डामा रोक लगाएका थिए।
  • बिहीबारको बैठकमा आगामी फागुन २१ गतेका लागि निर्धारित चुनावमा जानुपर्ने विषयमा प्रमुख रूपमा छलफल भयो।

काठमाडौँ- करिब दुई सातापछि सुचारु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा बिहीबार महामन्त्री गगन थापा अनुपस्थित रहे। कांग्रेस संस्थापन पक्षले वैशाखमा मात्र नियमित महाधिवेशन गर्ने गरी तयारी अघि बढाउने बताएपछि थापा बैठकमै अनुपस्थित भएका हुन्।

कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्नेछ।

महाधिवेशनसम्बन्धी एजेन्डा प्रस्तुत नगर्न कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आग्रह गरेपछि महामन्त्री थापा बैठकमै अनुपस्थित भएका हुन्।
महाधिवेशनसम्बन्धी एजेन्डामा छलफल गर्न वातावरण नबनेपछि उनी बैठकमै अनुपस्थित रहेको एक कांग्रेस नेताले जानकारी दिए।

बैठकअघि कार्यवाहक सभापति खड्का र महामन्त्री थापाबीच भेटवार्ता भएको थियो जहाँ खड्काले बैठकमा महाधिवेशनको एजेन्डा प्रस्तुत नगर्न गगनलाई आग्रह गरेका थिए।

बिहीबारको बैठकमा महाधिवेशनभन्दा फागुन २१ गतेका लागि निर्धारित चुनावमा जानुपर्ने विषय मूल रूपमा उठेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

बिहीबारको बैठकमा  मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुर सिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना र विद्यादेवी तिमिल्सिनाले बोलेका थिए।  त्यस्तै, शान्ति परियार विक, लक्ष्मी खतिवडा, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, आमन्त्रित प्रदेश सभापतिहरू इन्द्रबहादुर बानियाँ (बागमती) र अमरसिंह पुन (लुम्बिनी)ले पनि बिहीबार आफ्नो धारणा राखेका थिए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’