 
                            चितवन- गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका- ९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।
यहाँस्थित सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरुको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्याइएको छ । घाइते सबैको अवस्था सामान्य छ ।
दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक केहीबेरअघिदेखि सञ्चालनमा आएको छ ।

 
                                                                                                                     
                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































