झापाको खजुरगाछी बजारमा भीषण आगलागी, करोडौंको क्षति

झापाको खजुरगाछी बजारमा भीषण आगलागी, करोडौंको क्षति
+
-
देशसञ्चार AI सारांश
  • झापा जिल्लाको गौरीगञ्जमा भीषण आगलागी हुँदा करोडौं रुपैयाँको क्षति भएको अनुमान गरिएको छ।
  • विद्युत् सर्ट भएर चन्द्र नायकको पसलबाट शुरू भएको आगलागीले दुई घर पूर्णरूपमा नष्ट गरेको छ।
  • प्रहरी र स्थानीयवासीको सहयोगमा राति १२ बजे आगो नियन्त्रणमा आएको थियो।

झापा- झापाको गौरीगञ्ज गाउँपालिका-६ स्थित खजुरगाछी बजारमा गएराति भीषण आगलागी हुँदा करोडौं रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

गएराति करिब १० बजेतिर बजारमा रहेको चन्द्र नायकको होलसेल किराना पसलबाट विद्युत् सर्ट भई अचानक आगो सल्किएको थियो।

उक्त आगलागीका कारण नायकको पसल र सोसँगै जोडिएको घर पूर्णरुपमा जलेर नष्ट भएका छन्। टिनको छाना र सेन्ट्रीबेरा गरिएको नायकको एकतले तीन कोठे पसल र पसलभित्रका सम्पूर्ण सरसामान जल्दा ठूलो क्षति भएको छ।

यसका साथै, सोही आगलागीले नजिकै रहेको राजेन्द्र ढकालको दुई तले आठ कोठे घर (ईटाको गारो र टिनको छाना भएको) पनि जलेर नष्ट भएको छ।

यस घटनाबाट बजार नजिकै रहेको त्रिभुवन आदर्श पुस्तकालयमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ।

आगलागीको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी निरीक्षक भुवनबाबु खड्काको कमान्डमा २५ जनाको टोली र प्रस्तावित सीमा सुरक्षा गुल्म फत्तेपुरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश श्रेष्ठको कमान्डमा १८ जनाको टोली घटनास्थलमा खटिएको थियो।

गौरादह, शिवसतासी र कमलका दमकल तथा स्थानीयवासीको सक्रिय सहयोगमा राति १२ बजे उक्त आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो।

प्रहरी निरीक्षक खड्काका अनुसार, आगलागीबाट भएको क्षतिको यकिन विवरण निकाल्ने काम भइरहेको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’