महाधिवेशनको मितिमा विवाद भएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

महाधिवेशनको मितिमा विवाद भएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
+
-
देशसञ्चार AI सारांश
  • कांग्रेसको महाधिवेशन मितिबारे सहमति नहुँदा शुक्रबारको केन्द्रीय समिति बैठक स्थगित भएको छ।
  • महामन्त्री गगन थापा प्रस्तावित मितिसँग असन्तुष्ट भई बिहीबारको बैठकमा सहभागी भएनन्।
  • संस्थापन पक्ष वैशाखमा महाधिवेशन गर्ने प्रस्ताव राख्न खोज्दा महामन्त्री पक्षको असन्तुष्टि बढयो।

काठमाडौँ-  कांग्रेसको आगामी महाधिवेशनको मितिबारे महामन्त्रीद्वय पक्षधर र संस्थापन पक्षधरबीच सहमति हुन नसक्दा शुक्रबारका लागि तय भएको कांग्रेस केन्द्रीय समिति बैठक स्थगित भएको छ।

दुई सातापछि बल्ल बिहीबार सुचारु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे प्रस्ताव नराख्न कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आग्रह गरेपछि झोँकिएका महामन्त्री गगन थापा बैठकमा सहभागी नै भएनन्।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पुस १६ देखि २१ सम्मको नयाँ महाधिवेशन मिति प्रस्ताव गर्न खोजे पनि कार्यबाहक सभापति खड्काले फागुन ६ देखि महाधिवेशन गर्ने प्रस्ताव महामन्त्रीद्वय समक्ष राखेका थिए। सरकारले फागुन २१ गतेका लागि निर्वाचन मिति तोकेको छ। निर्वाचनको दुई साताअघि महाधिवेशन मिति प्रस्ताव गर्नु महाधिवेशन धकेल्ने प्रपञ्चबाहेक केही नभएको महामन्त्रीद्वय निकट केन्द्रीय समिति सदस्यहरू बताउँछन्।

कांग्रेस केन्द्रीय समिति सदस्य अजयबाबु शिवाकोटीले संस्थापन पक्षले समयमै महाधिवेशन नगराउने नियत राखेको बताए। महाधिवेशनको विषयमा छलफल नै हुननसक्ने भएपछि बैठक स्थगित भएको शिवाकोटीले देशसञ्चारसँग बताए।

कांग्रेसमा महाधिवेशनको मितिसम्बन्धी विवादका कारण अन्य एजेन्डाहरूमा बहस हुन सकेको छैन। खड्कालाई कार्यबाहक सभापति दिएर सभापति शेरबहादुर देउवा सिंगापुर उडेयता कांग्रेसमा गुटका बैठकहरू भइरहे पनि पार्टी समितिको बैठक हुन सकेको छैन।

गत मंगलबार र बुधबार बसेको संस्थापन पक्षको बैठकले अहिले महाधिवेशन नगर्ने र चुनावपछि छिटोमा वैशाखमा महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा राख्ने तयारी गरेपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा समूह भने भड्किएको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’