‘प्राधिकरण र निजी क्षेत्रबीचको विवाद संवादमार्फत टुंग्याउनुपर्छ’

‘प्राधिकरण र निजी क्षेत्रबीचको विवाद संवादमार्फत टुंग्याउनुपर्छ’
+
-

मोरङ – नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रबीच देखिएको समस्या वार्ता र संवादमार्फत टुंग्याउनु पर्नेमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जोड दिएका छन्।

डेडिकेटेड र ट्रकलाइनको बक्यौता रकम बुझाउन नमानेका निजी क्षेत्रको लाइन प्राधिकरणले काटेपछि शुक्रबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कार्कीले दुवै पक्षले समस्यालाई वार्ताबाट हल गर्नुपर्नेमा जोड दिएका हुन्।

मुख्यमन्त्री कार्कीले उद्योगहरुमा विद्युत लाइन काटिँदा उत्पादन र रोजगारीमा असर परेको बताए।

मुलुकको आर्थिक क्षेत्रमा देखापरेको समस्या क्रमशः समाधान हुँदै गइरहेको अवस्थामा गत भदौ २३ र २४ गते भएको प्रदर्शनले निजी उद्योग, व्यापारिक बजार, कल कारखाना, सञ्चार क्षेत्रमा तोडफोड र आगजनी भई उत्पन्न भएको असुरक्षाका कारण स्वदेशी तथा विदेशी लगानीकर्ताहरू निरुत्साहित हुने अवस्था सिर्जना भएको उनको भनाइ छ।

बक्यौता रकमको विषयमा निजी क्षेत्र र सरकारबीच लामो समयसम्म असमझदारी रहनु दुःखद् भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले यसबाट हुने असरलाई मध्यनजर गरी निकास निकाल्नुपर्ने बताएका छन्।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’