ओली बयानका लागि जानुपर्छ, अध्यक्षबाट राजीनामा दिएको भए हुन्थ्यो : वरिष्ठ उपाध्यक्ष पोखरेल

ओली बयानका लागि जानुपर्छ, अध्यक्षबाट राजीनामा दिएको भए हुन्थ्यो : वरिष्ठ उपाध्यक्ष पोखरेल
+
-
देशसञ्चार AI सारांश
  • एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३ र २४ गतेको घटनाबारे छानबिन आयोग समक्ष बयान दिन केपी ओलीलाई सुझाव दिए।
  • पोखरेलले घटनापछि प्रधानमन्त्रीबाट राजीनामा दिएका ओलीलाई पार्टी अध्यक्षबाट पनि राजीनामा गर्न आग्रह गरे।
  • पोखरेलले आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा छानबिन निष्पक्ष नहुने धारणा राखे।

काठमाडौँ – एमाले वरिष्ठ उपाध्यष ईश्वर पोखरेलले भदौ २३ र २४ गतेको घटनामा भएको जनधनको क्षतिबारे जाँचबुझ गर्न गठित आयोग समक्ष तत्कालीन प्रधानमन्त्री केपी ओली बयान दिन जानुपर्ने बताएका छन्।

एमाले अध्यक्षसमेत रहेका ओलीले आयोगको वैधानिक र निष्पक्षतामाथि प्रश्न उठाउँदै बयानका लागि नजाने बताइ रहेका बेला वरिष्ठ उपाध्यक्ष पोखरेल भने त्यस मान्यताविपरी उभिएका हुन्।

विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले त्यसबेला जिम्मेवार पदमा रहेका तल्लोतहका प्रहरी कर्मचारीदेखि प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखकलाई समेत बयानका बोलाउने तयारी गरेको छ।

इमेज टेलिभिजनसँगको अन्तरवार्तामा आयोगले पत्र काट्यो भने अध्यक्ष ओली जानुहुन्छ? भन्ने प्रश्नमा पोखरेल भन्छन्, ‘मलाई लाग्दछ बयानका लागि जानुपर्छ। गएर आफ्ना कुरा जो हो राख्नुपर्छ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले ओलीले भदौ २३ र २४ घटनाप्रति नैतिक जिम्मेवारी दिनुपर्ने समेत धरणा राखेका छन्।

उनले भने, ‘यत्रो घटना घटेपछि राज्यको जिम्मेवारीमा बसेकाहरुमाथि नैतिक प्रश्न उठ्छ। नैतिक जिम्मेवारी त लिनैपर्छ।’

ओलीकै नेतृत्वमा सरकार भएका बेला भएको आन्दोलनका कारण भदौ २३ गते एकैदिन १९ जना युवाहरुको हत्या भएको थियो। जसमध्ये १७ जना बानेश्वर चोकमा मात्रै मारिएका थिए। त्यस्तै आन्दोलनका कारण राष्ट्रपति कार्यालय, संसद भवन, सिंहदारबार, सर्वोच्च अदालत, सयौँ प्रहरीसहित सार्वजनिक सम्पत्ति नेताहरुको निजी निवासमा आगजनी गरिएको थियो।

जसबाट नेपाल राज्यकै महत्वपूर्ण अभियेलखहरु खरानी भएको छ भने अर्बौ रुपैयाँको सम्पत्ति नष्ट भए पनि सरकारको नेतृत्वको हिसाबले ओलीले जिम्मेवारी नलिने बताउँदै आएका छन्।

उनले छानबिन आयोगलाई समेत बयान दिने र अस्वीकार गर्ने घोषणा कात्तिक २ गते सम्पादकहरु गरेका थिए। ओलीले भनेका थिए, ‘केपी ओली सोझो छ भन्दैमा, आयोगहरू जसजसले जहाँ जहाँ बनाउँदै हिँड्छ । जसले सोध्दै हिँड्छ, त्यहाँ त्यहाँ लुरुलुरु गएर बयान दिने काम हो र? त्यस्ता काम केपी ओलीले गर्दैन। ओली बयान दिन आउँछ भनेर भ्रममा नपरे हुन्छ।’

पोखरेलले कार्की नेतृत्वको आयोगको निष्पक्षतामाथि प्रश्न उठाए। आयोगमा बस्नुअघि नै कार्कीले पूर्वाग्रहपूण धारणा राखेकाले त्यसका काम कारबाही निष्पक्ष नहुने उल्लेख गरे।

अन्तरवार्तामा ओलीले भनेका छन्, ‘एउटा आग्रह बनाएर, धारणा बनाएर बसेको व्यक्तिलाई नै छानबिनको प्रमुख बनाए कस्तो परिणाम आउला? सर्वोच्चकै कुनै पूर्वन्यायाधीशको अध्यक्षतामा छानबिन समिति बनाउन भनेर हाम्रोतर्फबाट अप्सनसहित आएको हो त्यो बेला। आयोगले प्रतिशोष पूर्ण तरिकाले काम नगरोस् भन्ने हाम्रो कुरा हो।’

त्यस्तै पोखरेलले भदौ २३ र २४ को घटनापछि ओलीले पार्टी अध्यक्षबाट समेत राजीनामा दिनुपर्ने बताए। प्रधानमन्त्रीबाट राजीनामा दिएपछि सरकारी निवास बालुवाटारबाट सेनाको हेलिकोप्टरमा भोगेर ज्यान जोगाएका ओलीले धेरै प्रश्न उठेपछि अध्यक्षबाट समेत राजीनामा दिनु पर्ने कुरा स्वभाविक भएको पोखरेलले उल्लेख गरे।

बयान दिन्न, चुनाव हुन्न: ओली

‘यत्रो प्रश्न उठेपछि हाम्रो अध्यक्षले पनि राजीनामा गरे हुन्थ्यो। जे प्रश्न उठेका छन्, ति प्रश्नको जवाफ हुन्छ लस्तो मलाई व्यक्तिगत रुपमा लागेको छ, पोखरेलले भने।
तर अब उक्त विषय अब महाधिवेशनले नै निक्र्योल गर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष छाडेको विषयलार्य चटकको संज्ञा दिउ। पोखरेलले भने, ‘माओवादीका अध्यक्ष प्रचण्ड धेरै चटक गर्न सिपालु हुनुन्छ भनेर मलाई कस्ले हो भन्दै थियो।’

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’