दाङमा एक महिनाको अवधिमा ४१ जना प्रतिवादी पक्राउ

दाङमा एक महिनाको अवधिमा ४१ जना प्रतिवादी पक्राउ
+
-

दाङ – दाङमा अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने र अदालतमा पेश गर्ने अभियान तिब्र भएको छ।

एक महिनाको अवधिमा मात्रै ४१ जना प्रतिवादीलाई पक्राउ गरेर अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। असोज १६ गतेदेखि हालसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय दाङ र मातहतका युनिटहरूले संयुक्त रूपमा सञ्चालन गरेको खोजतलास अभियानबाट ४१ जना फरार प्रतिवादी पक्राउ परेका छन्। सबैलाई कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उक्त अवधिमा पक्राउ परेकामध्येबाट ९० हजार ७७० बराबरको जरिवाना असुल गरिएको र १५ वर्ष ४ महिना २० दिनको कैद सजाय कार्यान्वयन गरिएको जानकारी कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता चक्रबहादुर शाहले दिएका छन्।

उनका अनुसार फरार रहेका अभियुक्तहरूलाई पक्राउ गर्न प्रहरी टोलीहरूलाई नियमित सूचना संकलन, अनुगमन र अपरेसनमा खटाइएको थियो। कानूनी शासनको सुदृढीकरण, अपराध नियन्त्रण र सर्वसाधारणमा न्यायप्रतिको विश्वास अभिवृद्धिमा सहयोग पु¥याएको प्रवक्ता शाहको भनाइ छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’