 
                            -  एन्फाको आकस्मिक बैठकले वरिष्ठ उपाध्यक्ष हरि खड्कालाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गर्दै निलम्बन गरेको छ।
 
-  खड्काले अध्यक्षको अनुपस्थितिमा महासचिवलाई बिना अधिकार निलम्बन गरेको भन्दै स्पष्टीकरण मागिएको थियो।
 
- नेम्बाङको विदेश बसाइमा खड्काले एन्फाको निर्णयमा अनियमितता गरेकाले उनको निलम्बन साधारण सभासम्म कायम हुनेछ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को भर्चुअल कार्यसमितिको आकस्मिक बैठकले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई निलम्बन गरेको छ। शुक्रबार बसेको बैठकले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मा हरि खड्कालाई दिएको छ।
यसअघि एन्फा अध्यक्क्ष पंकजबिक्रम नेम्बाङले खड्कालाई गत आइतबार स्पष्टिकरण सोधेका थिए। अध्यक्ष नेम्बाङ विदेश गएको बेला आफू स्वतस् कार्यवहाक अध्यक्ष भएको भन्दै खड्काले महासचिव किरण राईलाई स्पष्टिकरण सोधेर निलम्बन गरेका थिए।
यो प्रक्रियाका अनधिकृत भएको भन्दै अध्यक्ष नेम्बाङले वरिष्ठ उपाध्यक्ष खड्कालाई आइतबार स्पष्टिकरण सोधेका थिए। खड्कालाई पाँच वटा प्रश्न गर्दै स्पष्टिकरण सोधिएको थियो। उक्त जवाफ चित्तबुझ्दो नभएपछि खड्का निलम्बनमा परेका हुन्। उनको निलम्बन आगामी साधारण सभासम्म हुने बताइएको छ।
एन्फाले बंगलदेशविरूद्धको मैत्रीपूर्ण खेल र एएएफसी एसियन कप छनोटको खेलका लागि हरि खड्कालाई प्रशिक्षक तोकेको हो। यसअघि मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएसँगै एन्फाले खड्कालाई नियुक्त गरेको हो।
राष्ट्रिय टोलीका पूर्वकप्तान तथा फरवार्ड खड्काले अब आगामी कात्तिक २७ गते बिहीबार नेपाल र बंगलादेशबीच फिफा विन्डोमा अन्तर्राष्ट्रिय खेलबाट नेपाली टोली सम्हाल्नेछन्।
बंगलादेशमा हुने उक्त खेल साँझ पौने आठ वजे सुरू हुने छ। नेपालले बंगलादेशसँग खेलेको एक सातापछि मलेसियासँग अर्को खेल खेल्ने छ। नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँग मंसिर २ मा आफ्नो पाँचौ खेल खेल्न लागेको हो। उक्त खेल दशरथ रङ्गशालामा हुनु पर्ने भए पनि मैदान अन्तर्राष्ट्रिय मापदण्डको नभएपछि नेपालले मलेसियाकै मैदानमा हुने छ।

 
                                                                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































