 
                            पोखरा – बाबियोको लठ्ठामा फूलका माला गाँस्दै। भजनकिर्तनमा नाच्दै रमाउँदै। यो तयारी शनिबार मनाइने कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशीको हो।
तनहुँको शुक्लागण्डकी नगरपालिकाको पुल्चोकस्थित सेती नदीमा फूलको तोरन तार्ने प्रचलन छ। त्यसैका लागि स्थानीयहरु शुक्ला हिलेटार धार्मिक क्षेत्र विकास संस्थामा भेला भएर तोरन गाँसेका हुन्। पुल्चोक सेती नदीमा स्नान गरेर पूजाआराधना गर्ने, फूलको तोरन तार्नेहरुको निकै घुँइचो लाग्दछ।
हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको विवाह गरेर भगवान कृष्णको पूजाआराधना गरेर हरिबोधिनी एकादशी मनाइन्छ। देशैभरका नदी, तालतलैया, पोखरीमा फूलै फूलको तोरन तार्ने प्रचलन छ।
गण्डकी प्रदेशको कालीगण्डकी र गण्डकी (सेती) नदीका विभिन्न घाटहरुमा फूलको तोरन तार्ने गरिन्छ। तनहुँको देवघाटधाम, कास्कीको रामघाटमा विशेष मेला लाग्दछ।
 
  
  
  
  
  
 

 
                                                                                                                     
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































