सुरक्षाकर्मीको पेस्तोल र गोली बिक्रीमा संलग्नताको अभियोगमा पाँच जना पक्राउ

सुरक्षाकर्मीको पेस्तोल र गोली बिक्रीमा संलग्नताको अभियोगमा पाँच जना पक्राउ
+
-
देशसञ्चार AI सारांश
  • काठमाडौँको ‘जेनजी’ आन्दोलनमा सुरक्षाकर्मीको हतियार लुटपाट गरी बिक्री गरेको आरोपमा पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरियो।
  • पक्राउ परेका अभियुक्तहरूमा कृष्ण गुरुङ, राजन देउला, अकबर खान, सुमिन शाक्य, र प्रभात मल्ल रहेको प्रहरीले जानकारी दियो।
  • सुरक्षाकर्मीको पेस्तोल र गोलीगठ्ठा लुटपाट तथा बिक्री गरेको गोप्य सूचना पाएपछि उनीहरूको पक्राउ गरिएको प्रहरी उपरीक्षकले बताए।

काठमाडौँ – भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल र गोलीगठ्ठा लुटपाट गरी बिक्री वितरणमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा धादिङ, धुनिवेशी घर भइ हाल काठमाडौँ महानगरपालिका–१५ ट्राफिक बिट नजिक चरा पसलमा काम गर्ने २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौँ–१५ भगवापाउँ जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन देउला, भारत मोतिहारी सीतामढी घर भइ हाल काठमाडौँ–१५ ट्राफिक कार्यालय नजिक डेरा गरी बस्ने २४ वर्षीय अकबर खान, काठमाडौँ–१५ बिजेश्वरी रिट्रीट अपार्टमेण्ट नजिक बस्ने २६ वर्षीय सुमिन शाक्य तथा काठमाडौँ–३१ बानेश्वर घर भइ क्षेत्रपाटी चोकमा कपडा पसल सञ्चालन गरी बस्ने ३८ वर्षीय प्रभात मल्ल रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

उनले भने, “गत भदौ २४ गतेको प्रदर्शनको क्रममा सुरक्षाकर्मीको हातहतियार पेस्तोल र गोलीगठ्ठा लुटपाट गरी बिक्री गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले सिएफ ९८–९ पेस्तोल एक थान, पेस्तोलको म्याग्जिन एक थान र उक्त पेस्तोलमा लाग्ने गोली १५ थानसहित निजहरूलाई पक्राउ गरिएको हो।”

पक्राउ परेकामध्ये गुरुङ कार्यालयबाट पेस्तोल लुटपाटमा संलग्न, देउला, खान र शाक्य हतियार खरिद तथा बिक्री वितरणमा संलग्न तथा प्रभात मल्ल हतियार खरिदमा संलग्न रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका पाँचै जनालाई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट छ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’