विराटनगरमा ११८ दशमलव ६ मिलिमिटर पानी पर्‍याे

विराटनगरमा ११८ दशमलव ६ मिलिमिटर पानी पर्‍याे
+
-

विराटनगर – सन् २०२१ पछि पहिलो पटक कोशी प्रदेशमा कात्तिकमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको कार्यालय सुनसरी धरानले जनाएको छ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार आज बिहान ८ः४५ बजे गरिएको वर्षाको मापनमा विराटनगरमा ११८ दशमलव छ मिलिमिटर पानी परेको छ।

सोही समयमा धनकुटामा ५५, ओखलढुङ्गामा ७१, धरानमा ८८ दशमलव दुई, ताप्लेजुङमा ५२ दशमलव आठ, झापाको अनारमनीमा १४९ दशमलव दुई, झापाकै शश्चिरेमा १४९ दशमलव दुई र दमकमा ५२ दशमलव आठ मिलिमिटर पानी परेको कार्यालयका मौसमविद् बाबुराम मिश्रले जानकारी दिए।

उनले मोरङको सुन्दरहरैचामा २४ घण्टाको अवधिमा २४८ मिलिमिटर पानी परेर बताउँदै यो प्रदेशमा सबैभन्दा बढी पानी परेको तथ्याङ्क हो भने।

उनले १४९ मिलिमिटर पानी पर्दा चेतावनीको तह पार हुने भएकाले सो क्षेत्रका नदी आसपास क्षेत्रमा बसोबास गर्नेलाई सुरक्षित स्थानतर्फ बस्न र आवश्यक सचेतना अपनाउन आग्रह गरे।

सन् २०२१ को अक्टोबरमा विराटनगरमा ३२३ मिलिमिटर पानी परेको थियो। कार्यालयका अनुसार कोशी प्रदेशमा वर्षाको सम्भावना अझै टरेको छैन।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’