 
                            काठमाडौँ- भारत कनार्टकको श्रृंगेरी मठका जगतगुरु शंकराचार्य श्री श्री श्री विशुद्धशेखर भारती सन्नीधनामको नेपाल यात्रा स्थगित भएको छ। आगामी नोभेम्बर ४ देखि ८ सम्म उनको नेपाल यात्रा तय गरिएको थियो।
उनले यसपटकको यात्रामा पशुपतिनाथ मन्दिरसँगै मुक्तिनाथ, देवघाट र बाग्लुङको भ्रमण गर्ने कार्यक्रम थियो। ती सबै कार्यक्रम रद्द भएका छन्।
नेपालको वर्तमान राजनीतिक घटनाक्रम र चुनावी तयारीबीच श्रृंगेरी मठका शंकराचार्यको भ्रमणले हिन्दु धर्म पक्षधरलाई प्रोत्साहन मिल्ने र अर्को पक्षधर आक्रोशित हुनसक्ने आकलनबीच उनको नेपालयात्रा रद्द गरिएको हो। पशुपतिका मूलभट्टको निमन्त्रणामा श्रृंगेरी मठका शंकराचार्य नेपाल आउन लागेका थिए।
यसअघि पनि श्रृंगेरी मठको शंकराचार्यको नेपाल यात्रा तय गरिएको थियो। यद्यपि ती यात्राहरू पनि हुनसकेका थिएनन्।
पशुपतिका भट्टहरू पनि कनार्टकको श्रृंगेरीबाट आउँछन्। श्रृंगेरी मठसँग नेपालका भट्टहरूको विशेष लगाव भएकाले पनि श्रृंगेरी शंकराचार्यको नेपाल भ्रमण महत्त्वपूर्ण मानिएको थियो।

 
                                                                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































