झापा– मोन्था चक्रवातको प्रभावका कारण लगातार परेको अविरल वर्षाले देशभरका किसानहरूको धान बालीमा ठूलो क्षति पुर्याएको छ।
पाक्न लागेको र भर्खरै काटिएको धान खेतमै डुबेपछि देशभरका हजारौं किसान गम्भीर आर्थिक संकटमा परेका छन्।
तराई र मध्य पहाडी क्षेत्रका अधिकांश धान खेतहरू जलमग्न भएका छन्। कतिपय स्थानमा धानको बोट भाँचिएको छ भने, पानी जमेका कारण डुबेको धान सड्ने अवस्थामा पुगेको छ।
वर्षाका कारण काम गर्न नपाउँदा दैनिक ज्यालादारीमा आश्रित कृषक परिवारको चुलो बल्न पनि मुस्किल भएको छ।
लामो समयदेखि मल र बिउ-बिजनको चर्को अभाव र मूल्यमा ठगिएका किसानहरूलाई अहिले प्रकृतिले पनि ठगेको छ।
कृषि विज्ञहरूका अनुसार, पानीले डुबेको धानलाई तत्काल पानी हटाउन नसकिए ठूलो मात्रामा गुणस्तर खस्कने र सड्ने जोखिम छ।
झापाको धानबालीमा पुगेको क्षतिका तस्बिरहरूः


भर्खरै
लोकप्रिय






































































































































































































