पार्टी एकताबारे निर्णय लिन माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दै

पार्टी एकताबारे निर्णय लिन माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दै
+
-

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले पार्टी एकता लगायतका महत्त्वपूर्ण विषयमा निर्णय लिनका लागि महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बोलाएको छ।

बैठक आज (शनिबार) दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ।

नेकपा एकीकृत समाजवादीले हालै आफ्नो केन्द्रीय कमिटी बैठकबाट माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरिसकेको पृष्ठभूमिमा आजको बैठकमा एकताको मोडालिटी, पार्टीको संरचना, पदाधिकारी व्यवस्थापन लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन्।

नेपाल समाजवादी पार्टी (नेसपा) लगायतका अन्य वामपन्थी दलहरूसँगको मोर्चाबन्दी र पार्टी एकताका विषयमा पनि बैठकमा महत्त्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।

देशको वर्तमान राजनीतिक र वैचारिक अवस्थाबारे समीक्षा गर्दै आगामी कार्यदिशा र संगठन विस्तारका विषयमा बैठकमा छलफल हुने बताइएको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’