- तान्जानियामा ७०० भन्दा बढी मानिस चुनावी प्रदर्शनहरूमा मरेको रोयटर्सले जनाएको छ।
- प्रमुख राष्ट्रपतिका उम्मेदवारहरूलाई मतपत्रबाट हटाएपछि निर्वाचनको दिनदेखि प्रदर्शन सुरु भएको थियो।
- विपक्षी दलका प्रवक्ताले स्वतन्त्र र निष्पक्ष निर्वाचनको लागि संक्रमणकालीन सरकारले जिम्मेवारी लिनु पर्ने माग गरेका छन्।
तान्जानियामा तीन दिनदेखि चलेका चुनावी प्रदर्शनहरूमा ७०० जनाको ज्यान गएको रोयटर्सले जनाएको छ।
बुधबार निर्वाचनको दिनदेखि प्रमुख राष्ट्रपतिका उम्मेदवारहरूलाई मतपत्रबाट हटाइएपछि प्रदर्शन सुरु भएको छ।
विपक्षीहरुलाई दबाइएको भन्दै प्रदर्शन सुरू भएको थियो। विपक्षी दलका प्रवक्ता जोन कितोकाले एएफपी समाचार एजेन्सीलाई दिएका जानकारीअनुसार, त्यसयता सयौं मानिस मारिएका छन्।
उनले भने, ‘हामीसँग अहिलेको तथ्यांकअनुसार दार ए सलाममा झण्डै ३ सय ५० र म्वान्जामा २०० भन्दा बढी मारिएका छन्। त्यस्तै देशभरका अन्य स्थानहरूका तथ्यांकसमेत जोड्दा कुल संख्या करिब ७०० पुग्छ।’

उनले यो आँकडा अझै बढ्न सक्ने बताए। किनकि बुधबारदेखि लागू गरिएको रातकालीन कर्फ्यूका बीचमा पनि हत्या भइरहेको हुन सक्छ। एएफपीलाई एक सुरक्षा स्रोतले ५०० भन्दा बढी मानिसको मृत्यु भएको रिपोर्ट आएको र ‘देशभर मिलाएर ७००-८०० सम्म हुनसक्छ।’
एमनेस्टी इन्टरनेशनलले कम्तीमा १०० जनाको मृत्यु भएको जानकारी प्राप्त भएको जनाएको छ। कितोकाका अनुसार चाडेमाको यो तथ्यांक अस्पताल र स्वास्थ्य केन्द्रहरूमा कार्यकर्ता पठाएर ‘मृत शरीर गनेर’ सङ्कलन गरिएको हो।
प्रदर्शनकारीहरू मार्न रोकेर र स्वतन्त्र र निष्पक्ष निर्वाचनको मार्ग प्रशस्त गर्न एक संक्रमणकालीन सरकारले जिम्मेवारी लिनुपर्ने उनले माग गरे। ‘प्रहरीको हिंसा रोक, जनताको चाहनाको सम्मान गर, जुन नै चुनावी न्याय हो,’ कितोकाले भने। सरकारले भने यो विषयमा आफ्नो प्रतिकृया सार्वजानिक गरेको छैन्।

भर्खरै
लोकप्रिय






































































































































































































