वर्षाको प्रवाह नगरी बुढानीलकण्ठ मन्दिरमा हरिबोधिनी एकादशी मनाउनेको भीड

वर्षाको प्रवाह नगरी बुढानीलकण्ठ मन्दिरमा हरिबोधिनी एकादशी मनाउनेको भीड
+
-
देशसञ्चार AI सारांश
  • काठमाडौँको बुढानीलकण्ठ मन्दिरमा भीड भए पनि भक्तजनले वर्षालाई नभनी दर्शन गरेका छन्।
  • हरिबोधिनी एकादशीलाई भगवान् विष्णुको पुनः जागरणको दिनको रूपमा विशेष पूजापाठ गरी मनाइन्छ।
  • आज भक्तजनले भजन–कीर्तन, दीपदान तथा सामूहिक प्रार्थनामा सहभागी भई उत्सव धुमधामले मनाएका छन्।

काठमाडौँ— आज हरिबोधिनी एकादशी। भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह गरी विशेष पूजा-अर्चना गरी मनाइँदै छ।

हरेक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने यस पर्वका अवसरमा भक्तजनहरू विभिन्न मठमन्दिरमा दर्शन गर्न पुग्ने गर्दछन्। तर यस वर्ष मोन्था नामको मनसुन नेपाल भित्रिएर विगत तीन दिनदेखि वर्षा भइरहेको छ।

वर्षा भइरहेको भए पनि काठमाडौँको बुढानीलकण्ठ मन्दिरमा बिहानैदेखि भक्तजनको वर्षाको प्रवाह नगरी भीड लागेको छ। कतिपय छाता ओढेर मन्दिरको दर्शनमा लामवद्ध भएका छन् भने कतिपय छातैविना पनि दर्शनमा पुगेको देखिन्छ।

मन्दिर क्षेत्रका पुजारीका अनुसार बिहानदेखि लगातार दर्शनार्थीको भीड लागेको थियो। भक्तजनले व्रत बस्दै भगवान् विष्णु र तुलसीको आराधना गरेका छन्।

बुढानीलकण्ठमा आजको दिन विशेषरूपमा धार्मिक उत्सवको माहोल देखिएको छ। भक्तजनले दीपदान, भजन–कीर्तन र सामूहिक प्रार्थनामा सहभागिता जनाएका छन्।

आजको दिनलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आजका दिन ब्युँझिने जनविश्वास रहँदै आएको छ। त्यसैले यो दिनलाई विष्णु भक्तका लागि अत्यन्त पवित्र मानिन्छ।

तस्बिर : ममुन के.सी./नेपाल फोटो लाइब्रेरी

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’