- चन्दा सङ्कलन र विभिन्न संस्थाहरूको सहयोगमा एक लाख नौ हजार लागतमा नारायणस्थानमा स्वास्थ्य क्लिनिक स्थापना गरिएको छ।
- बागलुङ नगरपालिकाले क्लिनिकको औषधि र जनशक्ति उपलब्ध गराउने जिम्मेवारी लिएको छ।
- क्लिनिकको व्यवस्थापकीय काममा नगरपालिकाले औषधि, उपकरण र अन्य आवश्यकतामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
बागलुङ– चन्दा सङ्कलन गरेर बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयामा हाम्रो स्वास्थ्य गाउँघर क्लिनिक स्थापना गरिएको छ ।
बागलुङ नगरपालिका, नारायणस्थान स्वास्थ्य चौकी फेयरमेड, नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन,सम्बोधन परियोजना, कैया टोल विकास संस्था, शिवा प्राथमिक विद्यालय र टोल विकास संस्था, व्यक्तिगत सहयोगका साथै स्थानीय समाजसेवीहरूको सहयोगमा क्लिनिक स्थापना भएको हो ।
शुक्रबारदेखि सञ्चालनमा आएको क्लिनिक रु एक लाख नौ हजारको लागतमा स्थापना गरिएको वडाध्यक्ष चक्रबहादुर खत्रीले जानकारी दिए । औषधि र जनशक्ति भने बागलुङ नगरपालिकाले उपलब्ध गराउने उनले बताए ।
गाउँघर स्वास्थ्य क्लिनिक सञ्चालनका लागि नगरपालिकाको १५ हजार ४०० रूपैयाँ, नारायणस्थान स्वास्थ्य चौकीको २८ हजार २३०, नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन सम्बोधन परियोजनाको २७ हजार ४४५, टोल विकास संस्थाको १० हजार ५०० र टोल विकास संस्थाका अध्यक्ष होमनाथ ढकालको व्यक्तिगत १८ हजार सहयोग गरेका थिए ।
यसैगरी, प्रगतिशील स्वास्थ्य आमासमूहको चार हजार २०० स्थानीय समाजसेवी गौरबहादुर पौडेल र उहाँकी धर्मपत्नी भद्रकला पौडेलको चार हजार ५००, स्थानीय मनकुमारी थापाको एक हजार २००, शिव प्राथमिक विद्यालयमा रहेको भवनको एक कोठाको सहयोग गरी एक लाख नौ हजार ४७५ लागत साझेदारी कार्यक्रममार्फत क्लिनिकको सञ्चालनमा ल्याइएको हो । गाउँघर क्लिनिकलाई व्यवस्थित र नियमित रूपमा सञ्चालन गर्न सङ्घसंस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले कर्मचारीबाहेकका सबै व्यवस्थापकीय काम औषधि, उपकरण र आवश्यकताअनुसारका अन्य कुरामा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

भर्खरै
लोकप्रिय






































































































































































































