कञ्चनपुर– कञ्चनपुरमा यात्रुवहाक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
काठमाडौँबाट महेन्द्रनगरतर्फ आइरहेको ना७ख ६१८२ नम्बरको बस कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–१ बण्ड का ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको हो।
दुर्घटनामा परी घाइते भएका बोहराको उपचारका क्रममा वाणी अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बसमा पाँच जना मात्र सवार थिए।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































