काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु भएको छ।
पार्टी एकताबारे निर्णय गर्न पेरिसडाँडास्थिति पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो।
यसअघि शुक्रबार नेकपा (एकीकृत समाजवादी)ले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो। यद्यपि, झलनाथ खनाल, घनश्याम भुसाल, रामकुमारी झाँक्रीलगायतका नेताहरू भने माओवादीसँगको एकतामा सहभागी नहुने भएका छन्।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र विप्लव नेतृत्वको नेकपाको विद्रोही समूहसहितको पार्टी एकता अन्तिम चरणमा पुगेको बताइएको छ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

भर्खरै
लोकप्रिय






































































































































































































