चुनाव २०८३ जेठमा सार्न सुझाव

चुनाव २०८३ जेठमा सार्न सुझाव
+
-
देशसञ्चार AI सारांश
  • प्राध्यापक अधिकारीले २०८२ फागुनमा चुनाव अपरिहार्य मुद्दा समाधान नगरिकन गर्नु उपयुक्त नहुने बताएका छन्।
  • अधिकारीका अनुसार जेनजीका माग, चुनाव तयारी, मौसम, र पार्टी महाधिवेशनको लागि समय आवश्यक छ।
  • सुरक्षा निकायको मनोबल स्थापित गर्न पनि अर्को समयसम्म चुनाव सार्नु उपयुक्त हुने तर्क गरिएको छ।

काठमाडौँ – फागनु २१ गतेका लागि तय गरिएको चुनाव सारेर २०८३ जेठ महिनाको पहिलो हप्तामा गर्नुपर्ने सुझाव एक प्राध्यापकले दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार गरेको वृहत् राजनीतिक संवादमा काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागका प्रमुख प्रा.डा. निर्मलमणि अधिकारीले २०८२ फागुनमै चुनाव गर्नु उपयुक्त नभएको बताएका हुन्। उनले चुनाव सार्नका लागि राष्ट्रिय सहमति जुटाउनुपर्ने बताएका छन्।

उनले भने- ‘चुनाव हुनुपर्छ तर चुनाव मात्रै ‘एक मात्र विकल्प’ होइन। चुनाव हुनुभन्दा पहिल्यै समाधान गर्नुपर्ने धेरैवटा मुद्दाहरू छन्। समस्या समाधान सहित चुनाव गर्ने हो, फगत् चुनावका लागि चुनाव मात्रै गर्ने होइन। चुनाव केही समय सारेर गर्दा पनि हुन्छ।’

उनले २०८३ महिनाको जेठमा चुनाव गर्न सुझाव दिएका छन्।

उनले कार्यक्रममा भने- ‘चुनाव सार्नुपर्ने कारणहरुमा अधिकारीले जेनजीका कतिपय अपरिहार्य माग चुनावभन्दा पहिले सम्बोधन गरिनुपर्ने खालका रहेको र त्यसका लागि पर्याप्त समय चाहिने, चुनावको तयारी नपुगेको, फागुनमा हिमाली क्षेत्रमा मौसम प्रतिकूल हुने र चुनाव अगावै हुनुपर्ने पार्टीहरूका महाधिवेशनका लागि पनि समय चाहिएको छ।’

त्यस्तै, सुरक्षा निकायको मनोबल स्थापित हुनका लागि पनि केही समय दिनुपर्ने उनको तर्क छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’